नवोदयको माईन्युट प्रमाणीकरण सभा

0
10

कमल ।

नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभामा अन्तर्गत आज अन्तिम साधारण सभा (माईन्युट प्रमाणीकरण सभा) सम्पन्न भएको छ ।

कमल गाउँपालिका ३ केर्खास्थित मुख्य कार्यालय रहेको सहकारीले आफ्ना ११ वटा सेवाकेन्द्रमा गत कात्तिक २ गते देखी ईकाईगत साधारण सभा सुरु गरेको थियो ।

सहकारीले आज मुख्य कार्यालयको सभाहलमा सञ्चालक समिती, लेखातथा सुपरिवेक्षण समिति,सल्लाहकार समिती, विभिन्न उपसमिती, ईकाईगत साधारण सभा बाट छनौट भएर आउनु भएका प्रतिनिधी हरु बिच अन्तिम साधारण सभा सम्पन्न भएको सस्थाका अनुगमन तथा निरीक्षण विभागिय प्रमुख उमेशचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

सभा सस्थाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष बलराज गजुरेलको अध्यक्षतामा तथा कमल गाउँपालिकाका ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाको प्रमुख अतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।

कार्यक्रम सस्थाका व्यवस्थापक रबिन सुब्बाले सञ्चलान गर्नु भएको थियो भने उपाध्यक्ष उमानाथ भण्डारीले शाब्दीक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here