काँकरभिट्टामा अवैध मदिरा बोकेको सवारी साधनसहित चालक पक्राउ

0
38

झापा।

भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित चालक पक्राउ परेका छन् ।

मेचीनगर ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ एफ ५०५१ नम्बरको भारतीय कारलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले चेकजाँच गर्दा उक्त कारमा फल्स बटम बनाई डिकी लगायतका अन्य भागहरुमा लुकाएर ल्याउँदै गरेको ब्ल्याक माउन्टेन ह्विस्की दुई सय ५४ बोतल ,सुपर स्ट्रोङ बियर २४ बोतल बरामद भएको थियो ।

एक लाख ९८ हजार ९०० मूल्य बराबरको मदिरा र गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार नौ सय रुपैंयाको सामानसहित भारतीय चालक जितेन्द्रकुमार पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिरा र चालकलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here