बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला

0
30

काठमाण्डौ,

काठमाण्डौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज मन्दिर खुला हुने गरेको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्छ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुन्छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिएको हो ।

यस्तै काठमाण्डौको जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवम् दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here