पथरीशनिश्चरे,

माेरङ्गकाे पथरीशनिश्चरे- १ बिपि चाैकमा `द व्युटी वल्र्ड पथरी शाखा´ काे `द व्युटी मेकअप पार्लर एण्ड टेनिङ सेन्टर बिर्तामोड -४ झापाकाे ४० औं शाखा विस्तार भएको छ।
आज बुधबार एक कार्यक्रमका बीच प्रमुख अतिथि पथरी शनिश्चरेकी पूर्व उपप्रमुख यमुना विष्ट वास्ताेला, वडा नं-१ का वडाध्यक्ष भीमकुमार राई र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गर्नु भएकाे हाे।
प्रमुख अतिथि यमुना विष्ट वास्ताेला, वडा नं- १ र ७ का वडाध्यक्ष क्रमशः भीमकुमार राई र उद्ववराज वस्नेत , उर्लाबारी नगरपालिकाका वडा नं-२ का वडाध्यक्ष राजन कडेँल, उर्लाबारी उद्योग वाणिाज्य संघका पूर्व अध्यक्ष भरत भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए। ३० लाख भन्दा बढी लगानीमा खाेलिएकाे सो वल्र्ड व्युटी पार्लरमा १२ जनालाई प्रत्यक्ष राेजगारी दिइएको पथरी शाखाकी प्रमुख रेखा वस्नेत भट्टराईले बताउनुभयो।
`द व्युटी वल्र्ड मेकपअ पार्लर एण्ड टेनिङ सेन्टर बिर्तामोड -४ झापा केन्द्रीय कार्यलयले दमक,पथरी ,इटहरी, हेटौंडा,काेहलपुर ,नेपालगञ्ज र काठमाडौँ विभिन्न स्थानमा सेवा प्रदान गदै आएको सञ्चालक भगवान बस्नेतले जनाउनुभयाे। यस शाखाबाट लक्षित वर्ग १० जनालाई नि:शुल्क तालिम दिइने र ४० वटा शाखाबाट ४ सय जनालाई टेनिङ दिइने जनाईएको छ ।
व्युटीसियन, मेकपअप,नेल,मेहेन्दी आइल्यासिसका कक्षाहरू र सेवाहरू सञ्चालन भईरहेकाे केन्द्रीय कार्यालय बिर्तामोडका सञ्चालक भट्टराईले बताउनुभयो ।































