तुम्रोक गए, तुम्वापो आए

0
47

युद्धबहादुर बोहोरा,
पाँचथर।

फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक बिदाइ (फेरी भेटौला) अन्तर्गत फाकफोकथुम गाउँपालिका इलाममा सरुवा भएका छन् । उनको सट्टामा देवी तुम्वापो आएका छन् । सोमबार पालिकाले बिदाइ तथा स्वागत कार्यक्रमको आयोजना गरी तुम्रोकलाई विदाइ गरेको छ भने तुम्वापोलाई स्वागत गरिएको पालिकाका योजना शाखा प्रमुख निर्मल अधिकारीले जानकारी दिए ।

चार वर्ष दुई महिना पाँच दिन यस पालिकामा सफल कार्यसम्पादन गरेका तुम्रोक राष्ट्रसेवक कर्मचारीको रुपमा २०७३ सालमा निजामति सेवा नायव सुब्बामा प्रवेश गेरका थिए । उनी २०७४ मंसीर २५ गते नेपाल सरकारको शाखा अधिकृतको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदस्थापन भएका थिए । इलाका प्रशासन कार्यालय खिजीफलाटे, ओखलढुङ्गा र जिल्ला प्रशासन कार्यालय, पाँचथर हुँदै २०७७ साल भदौ २२ देखि २०८१ साल कात्तिक २५ गतेसम्म यस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवारत् थिए ।

अधिकृत तुम्रोकको कुशल कार्यशैली र उच्च कार्य सम्पादनका कारण नै यस पालिकामा लामो समयसम्म टिक्न सफल भएको र यस पालिकाले राष्ट्रिय चर्चा कमाएका विभिन्न सकारात्मक कार्यहरुमा उनले खेलेको भूमिका प्रशंसनीय रहेको आम नागरिक र जनप्रतिनिधिले स्वीकारेका छन् । पालिका गौरवको आयोजना प्रशासकीय भवन निर्माण गर्न उनकै कार्यकालमा शिलान्यास हुनु पालिकाबासी नागरिकले कहिल्यै नभुल्ने बताएका छन् । यस पालिकामा कार्यरत रहँदा आफ्ना बुवाआमा गुमाएर शोकमा परेका बेलामा समेत तुम्रोकले विचलित नभई निरन्तर नागरिकको सेवा प्रवाहमा लागीरहनुले एक कर्तव्यनिष्ट राष्ट्रसेवक कर्मचारीको उदाहरण बनेका छन् ।

पालिकाको समग्र विकासका लागि पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी कार्यकालको सफलताको शुभकामनासहित पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिंह नेम्वाङसहित वडाध्यक्षहरुबाट विदाईमा उनलाई दोसल्लासहित प्रशंसा–पत्र प्रदान गरिएको छ । पालिकाका सवै वडा र शाखाका कर्मचारीहरुको उपस्थितिमा विदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको थियो ।

संयोगवस प्रशासकीय अधिकृत तुम्रोककै समकालीन, एउटै भूगोल र एकै समयमा सरकारी सेवामा प्रवेश गरेका तुम्वापो उनको स्थानमा आएका छन् । उनी विभिन्न स्थानीय तह र जिल्ला प्रशासन कार्यालय पाँचथरमा सेवा गरिसकेका छन् भने हाल मालपोत कार्यालय पाँचथरबाट यस पालिकामा सरुवा भइ आएका हुन् । उनलाई स्वागत गर्दै पालिका परिवारले कार्यसफलताको शुभकामना व्यक्त गरेका छन् । पालिकाको समग्र उन्नति र प्रगतिमा नवागन्तुक प्रमुख प्रशासकीय अधिकृत तुम्वापोको कार्यसम्पादन उच्च रहने पालिकाबासीले अपेक्षा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here