पाथीभरा माताको दर्शनका लागि कार्तिकमा ६१ हजार बढी तीर्थयात्री पुगे

0
2

ताप्लेजुङ ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा दर्शनका लागि कार्तिक महिनामा ६१ हजार १ सय ७३ जना पुगेका छन् । नेपाल र भारतका गरी यो संख्यामा तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार असोज महिनामा भएको वर्षा र बाढी, पहिरोका कारण तीर्थयात्री प्रभावित हुने आकलन गरिएको थियो । तर पाँचथरको हेवाखोलाको डाइभर्सन सञ्चालनमा आएपछि र सडक यात्रा सहज भएपछि तीर्थयात्रीको संख्या बढेको हो ।

तीर्थयात्रीको संख्यामा वृद्धि भएसँगै बढेको फोहोर व्यवस्थापनका लागि शनिबार बृहत सरसफाई अभियान सञ्चालन गरिएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष रक्की थेवेका अनुसार काफ्लेपाटीदेखि मन्दिरसम्मको पाँच किलोमिटर क्षेत्र सरसफाई गरिएको छ । समितिका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागीतामा १ सय ३५ जनाले शनिबार बिहानैदेखि सरसफाइ गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here