झापा ।
झापामा फलामे रड प्रहार गरी एक जनाको हत्या गरिएको छ ।
रड प्रहारबाट बाह्रदशी गाउँपालिका–५ का ४५ वर्षीय गंगालाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडल्याए लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
आपसी विवादको क्रममा बाह्रदशी–५ कै मानकुमार राजवंशीले माझीलाई रड प्रहार गरेका थिए । हत्या आरोपमा राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।