योगेन्द्र योगी
बिराटनगर,
मोरङको बुढीगंगा स्थित टंकीसिनुवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले बिरामी डिस्चार्ज गर्न घण्टौ समय लगाउने गरेको घटना सार्वजनिक भएको छ।
बुधबार बिहान संखुवासभाको सभापोखरी गाउँपालिका – १ लेब्राङ घर भएका बिरामी महेन्द्र कुमार जोगीलाई अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने थियो। करिव ९:३० बजे डाक्टर आएर बिरामी जोगीलाई डिस्चार्ज गर्न कागजी प्रक्रिया पूरा गर्न भनेर पेपरमा सिक्नेचार गरेर आईसीयु लेबल (वान) बाट बाहिर निसकीए।
त्यसपछि बिरामीका आफन्तले कागजी प्रक्रिया चाँडो पूरा गरी दिन स्टाफ नर्सलाई अनुरोध गरे। नर्सले पनि हुन्छ,हुन्छ मात्र भनिरहिन् बिरामीको आफन्तले तल एम्बुलेन्स कुरिरहेको र यहाँबाट संखुवासभा जान ६ – ७ घण्टा लाग्छ चाँडो गरिदिनुहोस् भनिरहेका थिए। बिरामी आईसीयु लेबल (वान) को २१ नम्बर बेडमा अक्सिजनको साहरामा थिए।
बल्ल – बल्ल नर्सले बिरामी डिस्चार्ज गर्न फाइल बनाएर बिमाको शाखामा पठाईन्। बिमा शाखाले फाइल नमिलेको भन्दै चार पटक आईसीयुमै फ्रिता गरेपछि बिरामीको आफन्तले प्रश्न उठाए। फाइल पटक – पटक किन फ्रिता भयो भनेर गुनासो गर्दै सोधे।
त्यसपछि नर्सको जवाफ चित्त बुझ्दो नभएपछि बिरामीका आफन्तले सूचना तथा गुनासो व्यवस्था प्रमुख प्रमेश राज देवकोटालाई सम्पर्क गरेर आफ्नो समस्या राखे। सूचना तथा गुनासो व्यवस्था प्रमुख देवकोटाले बिमाको शाखामा गएर बुझ्न आग्रह गरे। त्यसपछि आफन्त बिरामी शाखामा गएर बुज्दा फाइल नै नमिलेकोले हामीले फ्रिता पठाएको भन्ने जवाफ दिए।
बिरामीको आफन्त पुन: आईसीयु मै पुगेर नर्सलाई सूचना तथा गुनासो व्यवस्था प्रमुख देवकोटासँग कुराकानी गराए। कुराकानी पछि फाइल पुन : बिमा शाखामा आउने बित्तकै फटाफट काम भयो र करिव दुई बजेको समयमा अस्पतालबाट डिस्चार्ज भएको बिरामीको आफन्तले बताए।
अस्पताल जस्तो अति संबेदन ठाउँमा यसरी चरम लापरबाही गर्न कत्तिको उचित होला ? यस्तै अन्य बिरामीको आफन्तहरुले पनि डिस्चार्ज गर्ने बेलामा धेरै समय कुर्नु पर्ने र झन्जट हुने गरेको बताएका छन्।