पथरीशनिश्चरे,
नेपालका लागि युएस एबासी रिजनल कोर्डिनेटर सिड्नी स्कोभले पथरी नगर अस्पतालमा अनुगमन गरेकी छिन् ।
सोमबार सिड्नी स्कोभले पथरी शनिश्चरे -०२ मा रहेको उक्त पथरी नगर अस्पतालको अनुगमन गरेकी हुन्। अस्पतालको औषधी पसल,, एक्सरे, ओपिडि वार्ड, इमरजेन्सी वार्ड, ल्याव लगायत सम्पूर्ण कक्षको अनुगमन गरेकी थिइन् ।
उनले अस्पतालमा भुटानी शरणर्थीलाई औषधी उपचार लगायत विषयमा आवश्यक जानकारी समेत लिएकी थिइन् ।
उक्त अवसरमा नगर प्रमुख मोहन तुम्बापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा न. २ को अध्यक्ष नैना राई, वडा न. १० को अध्यक्ष जीवन खतिवडा, नगर स्वास्थ्य शाखाका संयोजक मुरारी आचार्य अस्पताल भवन निर्माण रेखदेख तथा जग्गा खोजबीन समितिका संयोजक बाबुराम राई लगायतको उपस्थिती रहेको थियो ।