पथरीमा भारतीय ट्रकको ठक्करबाट धरानका युवकको मृत्यु

0
104

पथरीशनिश्चरे,

पूर्व-पश्चिम राजमार्गअन्तर्ग पथरीशनिश्चरे वडा नम्बर १ सडकखण्डमा सोमबार एक ट्रकको ठक्करबाट धरानका एक युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एनएल ०१ एडि ५५११ नम्बरको भारतीय ट्रकको ठक्करबाट प्रदेश १-००२-०४०प ६०२५ नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका ११ का २५ वर्षिय टार्जन राईको घटनास्थलमै मृत्युु भएको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताएका हुन्।

राईको शवलाई पोष्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पठाइएको छ । भारतीय ट्रक र ट्रकका चालक ४२ वर्षीय दिनेशकुमार दासलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको पथरी प्रहरीले जनाएको छ ।

हाल पूर्वपश्चिम राजमार्ग बिस्तारका क्रममा दुबैतर्फ काम भइरहेको छ । सडक साँघुरो भएका कारण पछिल्लो एक साता यता उर्लाबारी पथरी सडक खण्डमा आठ जनाको सडक दुर्घटनामा मृत्युु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here