कमल गाउँपालिकामा सञ्चालित शिविरमा १४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण

0
16

कमल ।

कमल गाउँपालिकामा सञ्चालित शिविर बाट १४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएको छ ।

कमल गाउँपालिकामा गत मसिर ४ गते बाट सुरु भएको अपाङ्गता भएका व्याक्तिहरुको स्वस्थ्य परिक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविर मंसिर १० गते सम्पन्न भएको छ । उक्त शिविरमा सहभागी भएका मध्ये १४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएको हो ।

शिविरमा अपाङ्गता भएका व्याक्तिहरुको स्वस्थ्य परिक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण गरिएको थियो । जसमा रातो कायर्ड ११, निलो कार्ड ६७ , पहेलो कार्ड ४९ र सेतो कार्ड १५ गरी जम्मा १ सय ४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएको कमल गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख रिता कार्की रिजालले जानकारी दिईन् ।

२०७८ को जनगणना अनुसार कमल गाउँपालिका १ हजार १३२ जना अपाङ्गता भएका व्याक्तिहरु रहेको तथ्याङ्क सार्वजनिक भएपनि अहिले शिविर सञ्चलन गर्नु भन्दा पहिले गरिएको सर्वेक्षण अनुसार कमल गाउँपालिकामा ८ सय ९२ जना अपाङ्गता भएका व्याक्तिहरु फेला परेका थिए ।

जसमध्ये शिविर सञ्चालहुनु भन्दा अगाडी नियमित रुपमा गाउँपालिका बाट वितरण गरिएको परिचयपत्रमा रातो कार्ड पुरुष ११५ महिला ७१ गरी १८६ जना, निलो कार्ड पुरुष १६२ महिला १०९ गरी २७१ जना, पहेलो कार्ड पुरुष ९४ महिला ५६ गरी १५० जना र सोतो कार्ड पुरुष २५ महिला २५ जम्मा ५० गरी जम्मा ६५७ जनालाई यस अघिनै परिचय पत्र वितरण गरिएको र शिविरमा थप १४२ जना गरी जम्मा ७९९ जनालाई अपाङ्गताको परिचय पत्र वितरण भएकोे कमल गाउँपालिकाका उपाध्यक्ष तथा यस कार्यक्रमक संयोजक प्रमिला न्यौपाने तिवारीले जानकारी दिइन् ।

शिविरमा आउनु भएका सबै व्याक्तिहरको स्वस्थ्य परिक्षण, आवश्यकता पहिचान समेत भएको छ । शिविरमा पहिचान भएका नागरिकहरुलाई आवश्यक पर्ने सहायक सामाग्री वहाँहरुलाई क्रमश प्रदान गर्दै लगिने कमल गाउँपालिकाका उपाध्यक्ष तथा यस कार्यक्रमक संयोजक न्यौपानेले बताइन् ।

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, कमल गाउँपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहकार्यमा कमल गाउँपालिकामा अपाङ्गता भएका व्याक्तिहरुको स्वस्थ्य परिक्षण आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सञ्चालन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here