योगेन्द्र योगी
बिराटनगर,
मोरङको सुन्दरहरैंचा नगरपालिका – ५ की वडा सदस्य तथा सामाजिक अभियन्ता ईन्दिरा चापागाई घिमिरेको पहलमा सडकमा फालेको फोहोर खाँदै हिड्ने टुन्का चौधरीको उद्धार गरिएको छ।
गाउँ घर र मुख्य सडक बजारमा अरुले फालेका फोहोर खोजेर खादै हिड्दै दैनिक आफ्नो जीवन चलाउदै आएका थिए।
हालसम्म पनि कतैबाट उनको उद्धार नभएपछि वड़ा सदस्य तथा सामाजिक अभियन्ता चापागाई घिमिरे अथक मिहेनत र प्रयासपछि सबै कानुनी प्रक्रिया पूरा गरेर उनीलाई मंगलबार हाम्रो घर आश्रम विर्तामोड झापा पुर्याएर आश्रममा राख्न सफल भएको नेकपा एमाले वडा नं ५ का अध्यक्ष बिशाल गुरागाईले जानकारी दिए।
उनलाई उद्धार गर्न आफ्नो र वडा श्याम खनालको पनि थोर बहुत सहयोग रहेको अध्यक्ष गुरागाईले बताए। साथै,उनको नागरिकता बनाउन सबै प्रमाण जुटाईसकेको र अब छिट्टै नागरिकता बनाउने तयारी रहेको चापागाईले बताईन्। यसरी एउटा साहारा बिहिन मानवलाई साहारा प्रदान गर्न अहोरात्र खटिने चापागाई घिमिरेलाई हामी सबैले सलाम गर्नेपर्छ ।