हाम्रो स्वावलम्वी सामाजिक उद्यमीको १३ औं साधारणसभा सम्पन्न

0
5

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ मदनपुरस्थित हाम्रो स्वावलम्वी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

अर्जुनधारा–३ खुदुनाबारीस्थित जनता माध्यमिक विद्यालयको सभाहलमा संस्था सञ्चालक समितिकी कार्यवाहक अध्यक्ष राधिका जवेगुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य प्रेमबहादुर गिरीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा संस्थाकी कार्यवाहक अध्यक्ष जवेगुले गत आर्थिक वर्ष ०८०÷०८१को सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी एक करोड ३१ लाख छ हजार रुपैयाँ, कर्जा लगानी तीन करोड ९५ लाख ७४ हजार रुपैयाँ, निक्षेप तीन करोड ६६ लाख ४३ हजार रुपैयाँ, आम्दानी ८३ लाख ५४ हजार रुपैयाँ, खर्च ५८ लाख ५२ हजार रुपैयाँ र बचत २५ लाख दुई हजार रुपैयाँ उल्लेख गरिएको छ ।

सोही कार्यक्रममा उत्कृष्ट महिला उद्यमी सम्मानबाट बाख्रापालनतर्फ सातकटेरी महिला समूहकी सदस्य कृषक हर्कमाया राई र उत्कृष्ट दूध बिक्रेतातर्फ सक्रिय महिला समूहकी सदस्य कृषक जानुका रीजाल प्रसाईंलाई सम्मान पत्रसहित क्रमश आरी र बाल्टी उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, अर्जुनधारा–३ का वडाध्यक्ष सीताराम भट्टराई, अर्जुनधारा नगर सहकारी समन्वय समितिका सचिव हरिबहादुर वाग्ले, हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विक्रम केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिकी सदस्य कमला आचार्यले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन लेखा सुपरिवेक्षण समितिकी संयोजक चन्द्रकला अधिकारीले गरेकी थिइन् ।

सभाले आगामी चार वर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति चयन गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here