नमस्कार मेरो नाम हो शंका राम । हरेक व्यक्ति वस्तु र परिस्थितिलाई शंका गर्ने मेरो बानीले मेरो शुभचिन्तकहरुले मलाइ दिएको नाम हो शंका राम ।
म कसरी शंकाराम बन्न पुगे त ? कथा यसरी शुरु हुन्छ !
बसमा यात्रा गर्ने क्रममा एक अपरिचित व्यक्तिले आत्मीय भावले कुराकानीसहित परिचय ग¥यो । खलासी दाइलाई बस भाडा दिनको लागि हात खल्तीमा लान मात्र आँटेको थिएँ, सँगै बसेको त्यस मान्छेले भन्यो– ‘होइन हजुर ! हजुरको भाडा म दिइहाल्छु नि !’
मैेले भने– होइन, मेरो भाडा म आफै दिन्छु नि तपाईंले किन दिनुप¥यो हजुर ?
तर, त्यो मान्छेले मलाई पैसा झिक्नै दिएन, मेरो भाडा पनि ति¥यो । मनमनै खुशी पनि लाग्यो । अर्काे स्टेशनमा त्यो मान्छे झ¥यो । केही समयपछि पानी किन्न भनि पैसा झिक्न पाइन्टको गोजीमा हात लगेको त दिमाग एक्कासी चक्कराए झैं भयो । पकेटमारा रहेछ, पाइन्टको पछाडिको खल्तीमा भएको पैसा सबै लिएर झरेको रहेछ । हाँसी–हाँसी चो¥यो पहिलोपटक ।
केही दिनपछि मैले त्यो चोरलाई बजारमा भेटेँ । देख्ने बित्तिकै दगुर्दै आएर चोर मलाई अँगालो हालेर रुँदै भन्यो– ‘हजुर ! मलाई माफ गर्नुहोस् । हजुरको पैसा चोरेको बेलुका नै मेरी श्रीमती र छोरी सार्है बिरामी भए । दुबै आजसम्म हस्पिटलको बेडमा मृत्युसँग लडिरहेका छन् । मेरो भए जति सबै पैसा औषधि उपचारमा नै सकिने भयो हजुर । सायद मेैले चोरी गरेको पापले हो कि ? माफ गर्नुहोस् हजुर ! यो अभागीलाई माफ गर्नुहोस् ।’
यति ब्याकुल भएर रोयो कि मेरो पनि आँखा रसाएर आयो । उसको कुरा सुनेर म पग्लिएँ । हृदय ठूलो बनाएर माफी दिएँ । चोर गयो तर अँगालो हालेर रुँदै माफी माग्ने बेला मेरो कमिजको खल्तीबाट फेरि पनि सबै पैसा चोरेर लगेछ । रोइ–रोइ ठग्यो अर्को पटक । केही दिनपछि म काम विशेषले मोटरसाइकलमा कतै जाँदै थिएँ, बाटोमा त्यही चोरले मलाई रोक्यो । साथमा एक महिला पनि थिइन । चोरले फेरि पनि रूँदै माफी माग्यो अनि चोरेको सबै पैसा फिर्ता पनि गरिदियो । ‘श्रीमती र छोरी स्वस्थ भए हजुर अब त्यस्तो पाप कर्म कहिले गर्दिनँ । अर्काको आसुले पिरोल्छ भन्थे हो रहेछ हजुर । यो हजुरको पैसा लिनुहोस् र मलाइ सजाय दिनुहोस् हजुर !’ –हात जोडेर अश्रुधारा यति बगायो म मर्माहत भइ हालेछु ।
अनेक आश्वासन र कसम दिएर त्यो चोरले मलाई नजिकैको होटलमा चियापानको लागि धेरै अनुरोध ग¥यो जसलाई मैले उसको प्रायश्चित होला भनेर अस्वीकार गरिन । होटलमा मिठा–मिठा आदर्शका गफगाफसँगै मलाई चिया नास्ताको राम्रै व्यवस्था गरिदियो । भावुक हुँदै फेरि भेट्ने बाचासहित विदा माग्यो र ऊ निस्कियो । खाइसकेपछि जब म बाहिर निस्केँ, न त गोजीमा चाबी थियो न त रोकेको ठाउँमा मोटरसाइकल । चोरले यसपटक त मेरो मोटरसाइकल नै उछिट्याएछ । मिठो र मधुर वाणीले घाइते बनाएर लुट्यो यस पटक ।
सोच्नुभयो होला सबैले म जानी–जानी पटक–पटक कति सजिलो गरी ठगिए । मलाई पनि अचम्मै लाग्छ । भावनात्मक खेलबाड गर्दै ठगी गर्ने त्यो चोरले यति प्रभाव पारेछ कि आजभोलि त सबैमा त्यसकै छवि देखिहाल्छु । त्यो चोरसँग त जम्काभेट भएको छैन माथिको घटना पछि, तर उसको आभाष भने वरिपरि नै महशुस गरिरहन्छु ।
भन्नुहोस् त हो कि होइन ? ठ्याक्कै यही चोरको हालत नेपाली समाज, यहाँको राजनीतिक पार्टी र उच्च ओहोदामा रहेका नेतृत्वकर्ताहरुमा देखिएको छ । सोझासाझा जनता, सामान्य कार्यकर्ता र माथिसम्म पहुँच नभएका व्यक्तित्वले यिनीहरूको मीठो बोली र आँशुमा हरेक पटक विश्वास गरे, आफ्नो सर्वस्व ठाने तर पनि कति ठगिए कति लुटिए । यी ठूला भनाउँदाहरुले जनतालाई, तल्लो निकायका प्रतिनिधिहरुलाई, इमानदार सामाजिक व्यक्तित्वहरुलाई लुटि नै रहेका छन् अनन्तकालदेखि ।
सोझा, इमान्दार, सक्षम र स्वच्छ छवि भएका उच्च व्यक्तिहरुलाई छानी–छानी बदनाम गर्ने, सही व्यक्तिलाई, सही ठाउँमा पुग्नै नदिने अनि समाजमा केही सकारात्मक कार्य हुनै नदिने । यी त सबैले भोगेका जल्दाबल्दा अनुभवहरु हुन् । तपाईं हामी सबै पटक–पटक लुटिएका छौं, ठगिएका छौं, बेवकुफ बनाइएका छौं । फरक यति हो– कतै व्यक्ति नयाँ, कतै बहाना नयाँ । एउटाको वस्तुस्थिति फरक अर्कोको परिवेश र परिस्थिति फरक । मुखमा राम–राम बगलीमा छुरा भन्ने नेपाली उखान मलाइ त्यतिबेला सार्थक लाग्छ, जब स्थानीय स्तरमा कुनै संघ–संस्थाको नेतृत्व हस्तान्तरण गर्न निर्वाचन गरिन्छ । सक्षम र होनाहार व्यक्तिलाई दलहरु मार्फत उम्मेद्वारी त दिन लगाइन्छ, तर त्यस व्यक्तिलाई हारको खाडलमा पछार्न यति कुटनीतिक र घिनलाग्दो खेल खेलिँदोरहेछ कि सोच्दा पनि आङ सिरिङ्ग हुन्छ ।
आजकल त चुनाव भन्ने बित्तिकै शंका लागिहान्छ, अब समकालीन मित्रहरुले छानी–छानी कसलाई बलिको बोका बनाउने भए भनेर । आफ्नै सामाजिक छवि, उच्च आदर सम्मान र एउटा फरक स्वाभिमानमा बाँचिरहेको स्वाबलम्बी व्यक्तिको शिर फेरि झुकाउने भए भनेर । अनि त आजभोलि कसैले चिने जस्तो गरेर मुसुक्क हाँस्दा पनि शंका लाग्छ । कोही आखाभरी आँशु लिएर साम्मुन्ने देखियो भने पनि शंका लाग्छ । झन् होटलमा चिया–नास्ताको प्रस्ताव आएमा त दायाँ–बायाँ हे¥यो अनि सुइकुच्चा ठोकिहाल्छु । आफ्नै खुशी र स्वार्थका लागि मात्र कति गर्छस् शंकाराम, अब समाजको लागि केही गर । समाजसेवा गर । सबैले भन्ने यही हो ।
हेर्नुहोस् यो संघ–संस्था, राजनीति, समाजसेवामा योगदान म बाट हँुदैन । कहाँ सजिलो छ र ! सामाजिक प्राणीको हकहितमा गोजीको पैसा खर्च गर । अमूल्य समय लगानी गर्नुपर्ने । आफ्नो घर, परिवार आफन्त र मित्रहरूको सुख–दुःखमा सरिक हुनै नपाइने । आफ्नो स्वास्थ, नोकरी, सपना अनि सारा व्यक्तिगत स्वार्थ त्याग गर्नुपर्ने । त्यति गर्दा पनि जहिले अपजस र आलोचना मात्र सुन्नुपर्ने, हैट ! महान हुनुहुन्छ ती सब जसले अरुको हकहितमा जीवन सुम्पेर समाजमा केही गर्छु भन्दै कदम बढाउनुहुन्छ । तर, दुभाग्र्य त्यस्ता शिक्षित सभ्य र उच्च सोचका व्यक्तित्वहरुलाई सम्मान गर्नु त परै जाओस्, उनीहरुलाई अपमानित र पराजित बनाएर शिर झुकाउन बाध्य बनाउने कति विश्वासघाती हाम्रै अघिपछि पुछर हल्लाइरहेका छन् । आफू केही असल गर्नै नसक्ने अनि गर्न सक्ने र गर्न चाहन्छु भन्नेलाई केही गर्नै नदिने ती वरपरका षड्यन्त्रकारीहरु सम्झिँदा त हनुमानजीले लङ्का जलाए जस्तो सब तहसनहस पारेर समाजसेवा त होइन विदेशतिर उडिहालु जस्तो हुन्छ ।
अब त एउटै प्रश्न छ मेरो– एक व्यक्तिलाई समाज र संस्था चाहिन्छ कि, समाज र संस्थालाई योग्य व्यक्ति चाहिन्छ ! समाज र संस्थाले सही व्यक्तिलाई सम्मान र संरक्षण गर्दैन भने कसले किन सोच्ला र खै ! समाज र मानव हकहितको विषयमा । सबैको सम्मान र जीत हुनुपर्छ त्यो त सम्भव छैन, तर शिक्षित, इमानदार, सकारात्मक, सोच र नेतृत्व गर्न सक्ने होनाहार व्यक्तिको पालैपालो अपमान र पराजय हुनु हाम्रो दुर्भाग्य हो । अहिले त म मात्र कहाँ हो र मेरो आसपासका कस्ता–कस्ता मै हुँ भन्ने पनि म जस्तै शंका राम बन्दैछन रे ! केही गलत बोले माफी दिनुहोस् हजुर । धन्यवाद ! म शंका रामको ।
स्रोत : सामान्य पृष्ठभूमि इन्टरनेट मार्फत ।