सार :
महिला हिंसा समाजको एउटा गम्भीर चुनौती हो । महिला हिंसा समाजमा अनेकौं कारणले उत्पन्न हुन्छ महिला हिंसाले महिलाको अधिकार, समानता र मानव मर्यादामा गहिरो असर पार्छ । यस्तो अवस्थामा बौद्धका सिद्धान्त र अभ्यासहरूले महिला हिँसा न्यूनीकरणमा महŒवपूर्ण योगदान पु¥याउन सक्छ । बुद्धको शिक्षाले करुणा, अहिंसा र समानताको मार्गदर्शन प्रदान गर्दछ । यो लेखले महिला हिंसाका कारण र प्रभावहरूको सन्दर्भमा बुद्ध ज्ञानको भूमिका के–कसरी उपयोगी हुन सक्छ भन्ने चर्चा गरिएको छ ।
यस लेखका मुख्य शब्दहरू :
महिला, हिंसा, सोंच, कारण, प्रभाव, धर्म, स्वभाव, बौद्ध, ज्ञान, तटस्थ भाव ।
महिला हिंसा :
डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदी–बहिनीहरू पेट्रीया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्यासँग जोडिएको छ । त्यसैले यसलाई ल्याटिन अमेरिकी देशमा महिला हिंसाबिरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । यसरी यी दिदीबहिनीहरूको हत्यालाई महिलाबिरुद्धको हिंसाको रुपमा लिई महिलावादीहरूद्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको शुरुवात गरिएको हो । पछि सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी नोभेम्बर २५ को दिनलाई संसारभर नै महिलाबिरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रुपमा स्थापित भयो ।
१६ दिने अभियानको शुरुवात नेपालमा वि.स. २०५४ सालदेखि भएको पाइन्छ । यस अवधिमा विविध महिला हिंसाका सवालमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी मनाइँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्री परिषदले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो (घोषणा पत्र, 24 Nov, 2021. OREC, WORLD SOCIAL FORUM) ।
संसारमै महिलाको संख्याले आधा भाग ओगटेको छ भन्ने कुरा निर्विवाद छ । नेपालको पछिल्लो जनगणनाले पनि नेपालमा पुरुषभन्दा बढी महिलाको संख्या बताएको छ । परम्परागत रुपमा पितृसत्तात्मक मूल्य र मान्यताबाट प्रभावित वा प्रेरित भएको कारणले पुरुषको तुलनामा महिलाहरू पछाडि पारिएका छन् । पितृसत्तात्मक परम्पराले महिलाको कोखबाट गर्भ रहेको नौ महिना सातदेखि १२ दिनभित्र हुने जन्ममा छोरा नै होस् भन्ने आश अधिकांशबाट गरिएको हुन्छ । ढिलै होस् तर छोरा होस् भन्ने उखानहरू पनि सुन्न पाइन्छ ।
प्रसव व्यथामा रहेको महिलालाई दुखाइको कारण अरु मतलब शून्य नै हुन्छ, तर प्रशव कोठाको ढोका बाहिर रहेका मतलबी व्यक्तिहरूलाई छोरा कि छोरी जन्मियो भन्ने प्रश्न वा जिज्ञासा राख्नु विभेदको गन्ध हो । छोरी भएमा खिन्नता र छोरा भएमा बढी प्रशन्नता हुनु झनै विभेदको शुरुवात मान्न सकिन्छ । यो विभेद पनि एक प्रकारको हिंसा नै हो । शारीरिक दुव्र्यवहार मात्र हिंसा होइन, वाक वा संकेत पनि हिंसा हो । यसरी महिलामा जन्मदेखि नै हिंसा शुरु हुन्छ ।
पुरूषले सास फेर्छन्, त्यस्तै नाकबाट महिलाले पनि सास फेर्ने हुन्छ । उही हावामा उही प्राणवायु (Oxygen) लिने यी दुई प्राणी । पुरूषले एक प्रकार र महिलाले अर्कै प्रकारको अक्सिजन लिने त पक्कै होइन । सुन्ने कान, देख्ने आँखा, स्वाद लिने जिब्रो लगायत सम्पूर्ण शारीरिक संरचना पनि उस्तै–उस्तै नै हो, केबल प्रजनन् अङ्ग बाहेक । प्रजनन् बनावट र परम्परागत सोचको कारणले जन्मदेखि नै मृत्युसम्म महिलामा कुनै न कुनै रुपमा हिंसा भइरहेको पाइन्छ ।
विचार शब्दबाट बन्छ । शब्द हाम्रो समाज, परम्पराले मानिसभित्र हालिदिन्छन् । त्यही शब्दबाट विचार आयो । यसको अर्थ हो विचार समाज र परम्पराबाट पनि आयो । समाजका बा–आमा, नातागोताका मानिसहरूले व्यक्तिभित्र शब्द हाल्दिदै गए । तदअनुसार विचार बन्दै गयो । यसरी विचार बनाउने र बोक्नेहरू अभ्यस्त (Conditioning) हुँदै गए । यो बानीको कारण हामीभित्र सोच बन्छ (Timilsina, 2024 )। सामाजिक संरचनामा छोराको केन्द्रिय भूमिका रहन्छ, जसले पारिवारिक परम्परालाई निरन्तरता दिने प्रमुख भूमिका पनि छोरालाई प्रदान गर्दछ । छोराले परिवारको वंश थाम्ने, बुढेसकालमा बाबुआमाको हेरचाह गर्ने तथा बाबुआमाको मृत्युपश्चात् पनि धार्मिक काजक्रिया गर्ने भन्ने धार्मिक मान्यताको कारण समाजमा यो प्रचलन विद्यमान छ (महिला कानून र विकास d+rFWLD)। यो सोच नेपाली समाजमा अहिले पनि जीवित छ ।
धेरै नानीहरू अन्जानमा छन् । धेरै वयश्कहरू अनविज्ञ छन् । धरै प्रौढहरू गलत अनुभव र अभ्यासमा छन् । आज सोचमा परिवर्तन हुनु जरुरी छ । ‘आफ्नो शरीरलाई दुव्र्यवहार नगर्नुस् । शरीरलाई आदरका साथ सञ्चालन गर्न सिक्नुहोस् । माया र प्रतिबद्धताको शर्त नभएसम्म यौन अभिव्यक्ति र व्यवहार नगर्नुस् । सजगतापूर्वक खुशी रहनका लागि विवाह गर्नुस्’ (ThichNhat Hanh 1926–2022)। यसैका लागि प्रकृतिबाट महिला र पुरूषको संरचना भएको हो ।
महिला हिंसा घर परिवारमा ६३% र सार्वजनिक स्थानमा ३७% हुने गरेको छ । त्यसमा पनि आफ्नै श्रीमानबाट ७७% र परवारका अन्य सदस्यबाट २३% हिँसा भएका छन् (१६ दिने लैङ्गिक हिंसाबिरुद्ध अभियान २०२१ अवधारणा पत्र, महिला पूनस्र्थापना केन्द्र–ओरेक)। निम्न स्तरदेखि हाई प्रोफाइलसम्मका व्यक्तिहरूमा जतिसुकै मिलेर बसेका पति–पत्नीमा कुनै न कुनै बहानामा वाक वा सांकेतिक हिंसा भएको हुन्छ । घरका सामान्य काम बिग्रिएकोमा पति वा घरका सदस्यहरूबाट कुराले छेडछाड गर्नु पनि हिंसा नै हो । यसरी स्वभावबाट पनि हिंसा भइरहेको हुन्छ ।
हिंसाका कारणहरू :
सामाजिक सञ्जाल, फेशन उत्तेजना, आर्थिक निर्भरता, शैक्षिक न्यूनता, परम्परागत प्रथा, मनोवैज्ञानिक कारणहरूलाई नै समग्रमा लिन सकिन्छ । महिला हिंसाका कारणहरूलाई विभिन्न अनुसन्धान, शोधहरूले व्यक्तिगत तह, पारिवारिक तह, सामुदायिक तह र संस्थागत तहहरूमा आधारित कारणहरू उल्लेख गरेको पनि पाइन्छ । माथिका उल्लेखित जति प्रकारका महिला हिंसा भए पनि धेरै जोखिम र गम्भीर घरेलु हिंसालाई लिन सकिन्छ । किनकि यो हिंसा घरैमा हुने हिंसा भएकोले गोपनियता कायम हुन गई बाहिर जानकारीमा आउन सक्दैन । यस्ता हिंसामा महिलाले अन्याय सहेर बस्नुपर्ने बाध्यता हुन्छ ।
बौद्ध भूमिका :
सिद्धार्थ गौतमले प्राप्त गर्नुभएको ज्ञानलाई बौद्ध भनिएको छ । ज्ञान प्राप्त गर्ने व्यक्तिलाई बुद्ध भनिन्छ । गौतम बुद्धले स्वभावलाई धर्म भन्नुभएको छ । जस्तो छ, त्यस्तै देख्नु, सत्य वा स्वभावलाई धर्म हो भनेर बुद्धले धर्मको परिभाषा गर्नु भएको छ । पानीको स्वभाव बग्नु वा जम्नु हो । आगोको स्वभाव तातोपन हो । ढुंगाको स्वभाव कडापन हो । यो स्वभाव हो । यसलाई नै धर्म भनिन्छ । यो प्राचीन शब्दपछि गएर विभिन्न सम्प्रदायिक रुपमा धर्म भनिन थालियो, जसलाई अंग्रेजीमा Religion भनिन्छ । यस अर्थमा बौद्धलाई Religion भन्न सकिँदैन । Religion ले सम्प्रदायिकता बोकेको हुन्छ । बौद्ध सम्प्रदायिकता होइन । बुद्ध केबल ज्ञान हो । यसमा हिन्दु, जैन, किराँत, क्रिश्चियन, इस्लाम सबै अटाउँछन् । बौद्ध सबैको लागि हो । यो त केबल सत्य (ज्ञान) हो । अहिलेको नजरमा देखिने धर्म होइन । बौद्ध भनेको स्वभावको बारेमा, सत्यको बारेमा प्राप्ति हुने बुद्धि (ज्ञान) हो (Goenka, 1994) ।
बौद्ध निरपेक्ष छ । दुनियाँमा कयौं सम्प्रदायहरूमा महिला हिंसा छ । त्यसैले बौद्धको दृष्टिकोणमा महिला हिंसालाई न्यूनीकरण गर्न सकिन्छ, जुन सबैको लागि उपयोगी हुनसक्छ । बौद्ध सिद्धान्तमा आर्य अष्टाँगीक मार्ग छ । यो मार्ग अन्तर्गतको अन्तिम भागमा सम्यक संकल्प र सम्यक दृष्टि छन्, जसलाई प्रज्ञा भनिएको छ । सम्यक संकल्प भन्नाले सही सोच हो । सम्यक दृष्टि भन्नाले सही हेराइ हो । अर्थात् जुन कुरा, जुन वस्तु जस्तो छ, त्यसलाई त्यस्तै उसको गुण, धर्म, स्वभावमा हेर्नेलाई सम्यक दर्शन भनिएको हो ।
सम्यक संकल्प र सम्यक दृष्टिले मानिसको चित्तलाई शुद्ध बनाउँछ । चित्त शुद्ध भएपछि अरु प्रति घृणा, द्वेष र लोभ हट्दै जान्छ । त्यसको स्थानमा करुणा, मैत्री भाव जाग्दै जान्छ । सम्यक संकल्प र सम्यक दृष्टि आफूभित्र नै हुन्छ । बाहिर खोजी राख्नु पर्दैन । आफूभित्र कसरी खोज्ने भन्ने सिप गौतम बुद्धले पत्ता लगाउनु भएको छ । त्यो हो विपश्यना ध्यान । यो सीपले जस्तै अपराधि व्यक्तिको पनि मनमा करुणा र मैत्री भाव जाग्दछ । सम्यक संकल्प र सम्यक दृष्टिले आफूभित्र रहेको आशक्ति (राग) र घृणा (द्वेष)लाई नष्ट गरेको पाउन सकिन्छ । यदि आफूभित्रै खोज गरियो भने । यसलाई बाहिर खोज्न भौतारिनु पर्दैन । त्यसैले आफूभित्रै खोज्ने हो ।
आफूभित्र खोज्ने यो सीपलाई संसारभर अहिले दुई सय ८३ स्थानमा अभ्यास भइरहेको छ । नेपालमा किर्तिपुर, बुढानिलकण्ठ, लुम्बिनी, विरगञ्ज, इटहरी, इलाममा पनि अभ्यास केन्द्रहरू छन् । अपराधीहरूमा पनि खासगरी जेलमा उनीहरूको जीवनमा परिवर्तन ल्याउन आफूभित्र खोज गर्न १० दिने अभ्यास गराइन्छ । यो अभ्यास भारतका धेरै जेलहरूमा भएको छ । त्यस्तै नेपालको नख्खु जेलमा पनि यो अभ्यास गरिएको छ । अपराधीहरूमा यो सुधार आउँछ भने तपाइँ हामीले यो खोज अभ्यास गर्दा अझ कति राम्रो सुधार होला ? मनन गर्नु आवश्यक छ । सम्यक संकल्प र सम्यक दृष्टि महिला हिंसा रोक्ने एउटा असल मार्ग हो । यसले महिला र पुरुष दुबैको मनमा करुणा र मैत्री जगाउँछ । व्यवविचार, घृणा, द्वेष, लोभ, आशक्तिहरू विस्थापित गराउँछ । फलस्वरूप परिपक्क उमेरका महिला र पुरुषले आफ्नो शरीरलाई दुव्र्यवहार गर्दैनन् । आफ्नो शरीरलाई आदर गर्न सिक्छन् । यौन अभिव्यक्ति र व्यवहार माया र प्रतिबद्धतामा प्रयोग गर्न सक्छन् ।
निष्कर्ष :
अन्तर्राष्ट्रिय स्तरमा महिला हिंसालाई रोक्न विश्वव्यापी घोषणा पत्रहरू, राष्ट्रिय स्तरमा कानूनी मापदण्डहरू महिला हिंसाबिरूद्ध निर्माण भएका छन् । अनेकौं अभियानहरू निरन्तर चलिरहेकै छ । समयको विकाससँगै हिंसाको रुप पनि परिवर्तनहरू भइरहेको पाइन्छ । अहिलेको आधुनिक युगमा हरेक व्यक्तिको सोच र व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ । गौतम बुद्धले खोज गर्नुभएको अभ्यासलाई प्रयोग गर्न सकिएमा महिला हिंसाका सम्पूर्ण रुपलाई न्यून गर्न वा नष्ट गर्न सकिन्छ ।
सन्दर्भ स्रोतहरू :
१. तिमिल्सिना, मंजु (सन् २०२४), बुद्ध धर्ममा महिलाको स्थान ।
२. जैन, मोहिनी र साथी (सन् २०१७), महिलाहरूको धरेलु हिंसा : एक समाज शास्त्रीय अध्ययन ।
३. डा.तिवारी, पूजा (सन् २०२४), ग्रामिण महिला सशक्तिकरणमा सूचना तथा प्रौद्योगिको भूमिका ।
४. महिला कानून र विकास मंच
५.Goenka, S.N. -2094, The Art of LivingM Vipassana Meditation
६. OREC 24 Nov. 2021, World Social Forum
७. Thich NhatHnah (1990), Peace is Every StepM The Path of Mindfulness in Everyday Life.