आइपीओ जारी गर्दै नेपाल चिया विकास निगम

0
13

झापा । नेपाल चिया विकास निगम लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । जसका लागि सर्वसाधारणलाई सेयर बिक्री गर्ने प्रस्ताव राखेर पुस २९ गते सोमबार काठमाडौंमा साधारण सभा बोलाएको छ । सभा होटल रोयलसिंधिं, कमलादीमा अपरान्ह ४ः३० बजे सुरु हुने बताइएको छ । सभाले सेयर सर्वसाधारण बिक्री गर्ने तथा सोको लागि निगमको चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्षबाट पेश भएको प्रतिवेदन पारित गर्ने तथा लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०÷८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here