इलाम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलामको सभापतिमा टिका ओडारी चयन भएका छन् ।
होटल व्यवसायी संघ इलामका पूर्ब अध्यक्ष तथा कन्याम इन होटलका सञ्चालक समेत रहेका ओडारी जिल्ला सभापतिमा चयन भएका हुन् ।
उनी पर्यटन व्यवसायसंग सम्वन्धित रहेर काम गर्दै आएका छन् । टिका विगत १५ वर्ष भन्दा धेरै समयदेखि इलाममा रहेर पर्यटन प्रवद्धनको क्षेत्रमा काम गर्दै आएका छन् ।
पार्टीको उपसभापतिमा सन्तोष श्रेष्ठ,सचिव गोकुल राई, सह सचिवमा दिनेश महत, कोषाध्यक्ष कल्पना न्यौपाने रहेका छन् ।
सदस्यहरुमा गणेश कार्की, मिङ्मा शेर्पा, प्रकाश वोहोरा (प्रतिक) महिला सदस्य सविता दाश, पवित्रा कार्की राउत, कमला अधिकारी चयन भएका छन् ।