बाह्रदशी जेसीजको चौथो अधिवेशन शुरु : अध्यक्षमा तीर्थ र सदिक्षाको आकंक्षा

0
109

झापा, सन् २०२५ का लागि बाह्रदशी जेसीजमा अध्यक्ष पदमा दुई जना आकंक्षी देखिएका छन् । अध्यक्ष पदका लागि तीर्थ काफ्ले र सदिक्षा खड्का आकंक्षी देखिएका हुन् ।
बाह्रदशी जेसीजको चौथो अधिवेशन शुरु भएसंगै दुवै जनाले अध्यक्ष पदमा आकंक्षा राखेपछि नेतृत्व चयनका लागि निर्वाचन गर्नु पर्ने अवस्था सृजना भएको बाह्रदशी जेसीजका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले बताए । 

अध्यक्ष पदका लागि आकंक्षा राख्ने काफ्ले र सदिक्षा ।

अध्यक्ष पदका लागि कोषाध्यक्ष काफ्ले र कार्यकारिणी उपाध्यक्ष  खड्काले आकंक्षा देखिएका हुन् ।
जेसीजको पाँचौं साधारण सभा शुरु भएसंगै अहिले प्रशिक्षण कार्यक्रम भइरहेको छ । चारआली जेसीजका पूर्ब अध्यक्ष उत्तमप्रसाद पकुवालले प्रशिक्षण प्रदान गरिरहेका छन् ।


बाह्रदशी जेसीजका अध्यक्ष खगेन्द्र सुवेदीको अध्यातामा आयोजित कार्यक्रममा पूर्ब अध्यक्षहरु लक्ष्मीप्रसाद उप्रेती, पूर्बाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल, सह सम्पादक सुरेन्द्र भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
बाह्रदशी जेसीजका महासचिव संजय शाहले कार्यक्रमको सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here