विराटनगर ,

झापा र उदयपुरबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको झापा गाउँपालिका-२ र ५ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ११ ग्राम ६१५ मिलिग्राम ब्राउन सुगर सहित अर्जुनधारा नगरपालिका-५ का ३० बर्षीय प्रबिण गिरी, कन्काई नगरपालिका-८ का २५ बर्षीय सुमन राजबंशी, पाँचथर फिदिमका १९ बर्षीया रदिमा बर्देवा र १८ बर्षीया ईन्दिरा लिम्बुलाई पक्राउ गरेको छ ।
त्यसैगरी, उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका- ३ कि २८ बर्षीया सम्झना राईलाई ५ किलो ९९० ग्राम गाँजा सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए ।
पक्राउ गरेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको रहेको प्रवक्ता दाहालले बताए ।कोशी प्रदेशमा प्रहरीले प्रत्येक दिन ८-१० जना लागुऔसध कारोबारीसहित ठूलो संख्यामा गाँजा कारोबार गर्नेहरुलाई पक्राउ गर्दै आएको छ। पछिल्लो समय कोशी प्रदेशमा बिरामी बोकेर गुड्ने एम्बुलेन्स,ट्रक तथा सब्जी बोक्ने गाडीहरुले धमाधम गाँजाको ओसारपसार गरिरहेका छन् ।
कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको छ। प्रहरीले सुनसरी ,मोरङ, झापा ,धनकुटा , तेह्रथुम , संखुवासभा, सिरहा , सप्तरी लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान जारी राखेको छ।






























