लक्ष्मण खड्काको स्मृतिमा भवन शिलान्यास

0
111

बिर्तामोड, नेपाली कांग्रेसका नेता लक्ष्मण खण्ड्को स्मृतिमा भवन निर्माण शुरु भएको छ ।
अनुमानित लागत एक करोड ३० लाख मूल्य बरावरको खड्का समृति भवन तथा पार्टी कार्यालय निर्माण शुरु भएको हो । भवनको शिलन्यास पार्टीका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले गरेका छन् । भवन निर्माणका लागि सजेश शिवाकोटीको संयोजकत्वमा समिति बनाइएको छ ।बिर्तामोड ३ निवासी कांग्रेस नेता खड्को अल्पायुमै निधन भएको थियो । नेपाली कांग्रेस झापाको सहसचिव पदमा बहाल रहेका बेला खड्काको २०७४ साल चैतमा अल्पायुमै निधन भएको थियो ।
अढाइ तले भवनको भुइँतलामा कार्यक्रम हल, पहिलो तलामा नगरको पार्टी कार्यालय एवं दोस्रो तलामा भ्रातृ संघ संस्था तथा वडा समितिका लागि कार्यकक्ष बनाइने छ । शिवाकोटीका अनुसार एक बर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै सबै तहका नेता कार्यकर्ताको सहयोगबाट भवन निर्माण गरिने छ ।
शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमहामन्त्री सिटौलाले पार्टीको नीति, सिद्धान्त र विचारमा प्रतिबद्ध एवं अनुशासित भएर जनताप्रति समर्पित भई जनमुखी कार्य गर्न कार्यकर्तालाई आह्वान गरे । ‘पार्टीको नीति, सिद्धान्त र विचार नमान्ने विकृति सबै पार्टीमा देखिएको छ ’उनले भने,‘नेपाली कांग्रेस प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तहमा प्राप्त जनमतका आधारमा सबैभन्दा ठूलो पार्टी हो । हामीले आफू अनुशासित भएर अरुलाई राजनीतिक संस्कार सिकाउनुपर्छ । ’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले पार्टीका सबै नेता कार्यकर्ताको स–सानो लगानीबाट नगर पार्टी कार्यालय बनाउन सकेमात्रै अपनत्व हुने र लक्ष्मण खड्काप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राखिन् ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले गाउँ÷नगर, वडामा खटिएका प्रतिनिधिहरु र सम्बन्धित तहगत समितिले टोल एवं वडाकेन्द्रित कार्यक्रम तय गरेर संगठनलाई सक्रिय बनाउन आग्रह गरे ।
कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, कोशी प्रदेश समिति सदस्य मिरा खड्का, महिला नेतृ यज्ञकुमारी सिटौला, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, लक्ष्मण खड्का स्मृति भवन निर्माण समितिका संयोजक सजेश शिवाकोटी, क्षेत्र नं–२ ख का सभापति किरण श्रेष्ठ, वडा सभापतिहरुको तर्फबाट बिर्तामोड–२ का सभापति देवी खरेललगायतले मन्तब्य राखेका थिए ।
नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको औचित्यमाथि नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले प्रकाश पारेका थिए । नगरका संगठन विभाग प्रमुख कुलप्रसाद संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्षेत्र नम्बर–२ प्रदेश क का सभापति लक्ष्मीप्रसाद आचार्यले गरेका थिए ।
मन्तब्य राख्ने अधिकांश बक्ताहरुले लक्ष्मण खड्काको स्मृतिमा जग्गा प्रदान गर्ने उनकी पत्नी अञ्जु खड्काप्रति आभार ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here