अर्जुनधारा ।
![](https://purwanchaldaily.com/wp-content/uploads/2025/01/HPV-khop.gif)
जनप्रतिनिधि र सरोकारवालाहरुलाई लक्षित गरि झापाको अर्जुनधारामा सोमबार एचपिभी (PrlkeL-Human Papiloma Virus) खोप अभियान–२०८१ बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत नियमित खोपमा सुरुवात भएको एचपिभी खोप अभियानको औचित्य, कार्यनीति बारे जानकारी र छलफलसँगै अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन, कार्ययोजना तयारी र जिम्मेवारी बाँडफाँड गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख मुकुन्द बस्नेतले बताए ।
विद्यालयमा अध्धयन गर्ने कक्षा ६ देखि १० सम्मका किशोरीहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गरि पाठेघरको मुखको क्यानसर निवारणमा योगदान पु¥याउनु अभियानको लक्ष्य रहेको छ ।
शाखा प्रमुख बस्नेतले सहजिकरण गरेको कार्यक्रममा खोप अभियानको उद्देश्य, औचित्य, पाठेघरको मुखको क्यानसर रोगको परिचय र अवस्था, रोग सर्ने माध्यम, लक्षण तथा चिन्हहरु, नेपालमा पाठेघरको मुखको क्यानसरको अवस्था, रोग रोकथामका उपायहरु र रणनीतिलगायतको विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
शाखाका अनुसार अभियान यही माघ २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने बताइएको छ । नगरपालिका अन्र्तगत स्वास्थ्य शाखाको आयोजनामा आयोजित उक्त कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षता रहेको थियो ।