नेपालमै पहलो पटक रासन कार्ड र रासन वितरण

0
101

पथरीशनिश्चरे ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–२ ले विपन्न परिवार छनोट गरी रासन र रासन कार्ड वितरण गर्न सुरु गरेको छ।

सोमबार वडा कार्यालयले माघ महिनाबाट वडाका २० विपन्न परिवारलाई छनोट गरी राहत वितरण सुरु गरेको हो ।

पहिलो चरणमा अति विपन्न २० परिवारलाई वडा समितिले छनौट गरी रासन प्रदान गरिएको वडाध्यक्ष नैना राईले जनाउनु भएको छ।

उहाँले विपन्न परिवारलाई ३ जनाको परिवारलाई १० केजी चामल र सो ३ जना भन्दा बढीको परिवारलाई महिनैपिच्छे १५ केजीको दरले चामल (रासन) उपलब्ध गराउँदै जाने वडा समितिको उद्देश्य रहेको बताउनुभयो।

उहाँले यस चालु आर्थिक वर्षको लागि एक लाख रुपैयाँ मात्र बजेट छुट्याएर वडा भित्रका अति विपन्न परिवारलाई रासन र रासन कार्ड वितरण कार्यक्रम सुरूवात गरिएको उल्लेख गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here