ओखलढुंगामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

0
17

झापा ।

ओखलढुंगामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ भँडारे खोलामा आ बिहान टाटा सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६४२१ नम्बरको टाटा सुमो आफैं अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर खोटाङको कोपिलासगढी गाउँपालिका–३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो ।

गाडी सडकबाट करिब सय मिटर तल खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here