बिर्तामोडमा चाइना मार्केट

0
154

झापा, झापाको बिर्तामोडमा ‘चाइना मार्केट’ सञ्चालनमा आएको छ ।
बिर्तामोड ५ निवासी शिवकुमार चुडालले उक्त मार्केट सञ्चालनमा ल्याएका हुन् । मार्केटको उद्घाटन बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईले रिवन काटेर गरिन् । युवा ब्यवसायी शिव चुडालले बिर्तामोडको शनिश्चरे रोडमा टिकटक कलेक्सन र बिरयानी हाउस समेत सञ्चालनमा ल्याएका छन् ।
बिर्तामोड टिकटक कलेक्सन , बिरयानी हाउस र चाइना मार्केटका सञ्चालक चुडालले निम्न वर्गका समुदायलाई लत्ता कपडा र खानाको व्यवस्था बिरयानी हाउसबाट निःशुल्क उपलब्ध गराउने बताए ।
साथै यसअघि पनि चितवनबासी अति विपन्न वर्ग का १२० जनालाई र झापा हल्दीबारी ४ मा १५० जनालाई जाडोको कपडा वितरण गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here