बुद्धशान्ति ।
बुद्धशान्ती–७ स्थित राष्ट्रिय विजय माध्यमिक विद्यालयको ६५औं वार्षिक उत्सव विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन लावतीको सभापतित्व तथा बुद्धशान्ति–७ का कार्यवाहक अध्यक्ष डिकुरा घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न अक्षयकोषबाट शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको थियो ।
विद्यालयमा स्थापित जयप्रसाद बिष्णुमाया ढुंगाना स्मृति अक्षयकोषबाट कक्षा–७ का गरीब तथा जेहेन्दार विद्यार्थी सुशन चापागाँई र कक्षा–६ मा अध्ययनरत् छात्रा मनिषा थापालाई जनही एक हजार रुपैयाँ र सम्मान–पत्रले सम्मान गरिएको थियो ।
त्यस्तै, गंगाप्रसाद हेममाया शिवभक्त मैनाकुमारी स्मृति कोषबाट २०८० सालको एसइईमा उत्कृष्ट अङ्क ल्याउने सुमन चापागाँई र श्रेया पौडेललाई जनही नगद तीन हजार पाँच सय रुपैयाँले सम्मान गरिएको थियो ।
शिक्षक स्मृति तथा पुनर्मिलन कोषबाट विद्यालयबाट २०८० को एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने सुमन चापागाँई र श्रेया पौडेल, उत्कृष्ट शिक्षक सरोज अधिकारी र जानुका घिमिरेलाई नगदसहित सम्मान गरिएको थियो ।
त्यसैगरी टीकामाया नेत्रप्रसाद स्मृति अक्षयकोषबाट सांस्कृतिक क्षेत्रमा अब्बल विद्यार्थी दृष्टि ढकाल र कृष्ण तामाङलाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै पद्मकुमारी सीताराम स्मृति कोषबाट अङ्कित भण्डारी र अनुष्का खालिङ राईलाई नगदसहित सम्मान गरियो । प्रत्येक वर्ष यस कोषबाट गरीब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिँदै आएको छ ।
हरेक वर्षको एसईई परीक्षामा नेपाली विषयमा उच्च अङ्ग ल्याउने विद्यार्थी सुमन चापागाँई र श्रेया पौडेललाई शिक्षक शिवप्रसाद पौडेलले नगदसहित सम्मान गरेका थियो । कार्यक्रममा अन्तर सदन नृत्य प्रतियोगिता साथै कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम तीन दिनसम्म सञ्चालन गरिएको थियो । पहिलो दिन विद्यालयको आन्तरिक खेलकुद साथै मार्च पास, पिटि प्रदर्शन, अन्तर विद्यालय रिले दौड सम्पन्न भएको थियो ।
दोस्रो दिन छात्र÷छात्रा फुटबल फाइनल, कबड्डी, भाले जुधाइ, अभिभावकहरुको खेल साथै शिक्षक र पूर्व विद्यार्थीबीच मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएको थियो । विद्यालयको बार्षिक लेखा प्रतिवेदनसहित स्वागत प्रधानाध्यापक छत्रबहादुर कार्कीले गरेका थिए भने तीन दिनको कार्यक्रमको सञ्चालन शिक्षक शिवप्रसाद पौडेलले गरेका थिए ।