अर्जुनधारा ।
नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल अर्जुनधाराको छैंटौं नगर अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
अर्जुनधारा–८ शनिश्चरे बजारस्थित सामुदायिक भवनको सभाहलमा क्युपेकका अध्यक्ष लोकनाथ दुलालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि क्युपेक नेपालका केन्द्रीय उपाध्यक्ष अम्बिरकुमार लिङदेनले गरेका थिए ।
कार्यक्रममा श्रमिकहरु तहसिर राई, दविरम खातून र साहिदा खातूनलाई सम्मान पत्र र मायाको चिनोसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । त्यसैगरी कार्यक्रममा पूर्व अध्यक्ष शंकर भण्डारीलाई पनि मायाको चिनोबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, जिफन्ट राष्ट्रिय कमिटी सदस्य सन्तकुमार राई, क्युपेक नेपालका केन्द्रीय सदस्य देवकुमार राई, क्युपेक नेपाल झापाका अध्यक्ष निरानन्द गिरी, व्यवसायीद्वय रमेश नेपाल र रुद्रप्रसाद ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्युपेक झापाका सदस्य एवम् अर्जुनधाराका इञ्चार्ज कृष्णबहादुर बस्नेतले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य ममता शिवाकोटी काफ्लेले गरेकी थिइन् । सोही अधिवेशनले आगामी दुई वर्षे कार्यकालको लागि पुनः लोकनाथ दुलालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको बताइएको छ ।
त्यसैगरी नवगठित कमिटीको उपाध्यक्षमा विपीन महतो, सचिवमा गोपाल कुँवर, सहसचिवमा दीपेन्द्र नेपाल, कोषाध्यक्षमा धीरेन राजवंशी र सदस्यहरुमा डम्बरबहादुर पौडेल, नरेन्द्र राई, प्रेमप्रसाद आचार्य, ममता शिवाकोटी काफ्ले, सुनिता मण्डल र सोममाया धमला चयन भएका छन् ।
त्यस्तै कमिटीको प्रमुख सल्लाहकारमा तिलबहादुर तामाङ, सल्लाहकारहरुमा टंकप्रसाद घिमिरे, राधा गुरुङ र लक्ष्मण दनुवार चयन भएका छन् ।