बिर्तामोडमा चलचित्र ‘सारंग’ प्रदर्शन

0
105

बिर्तामोड ।

बिर्तामोडमा नेपाली कथानक चलचित्र ‘सारंग’ को प्रदर्शन शुरु भएको छ।

काठमाण्डौ, इटहरी, बिर्तामोडलगायत देशैभर एकसाथ प्रदर्शनमा रहेको चलचित्र ‘सारंग’मा नायक-नायिकाको भूमिकामा क्रमशःउत्पल झा र ऋचा शर्माको अभिनय रहेको छ।

माघ २५ गते रिलिज भएको चलचित्र ‘सारंग’ बिर्तामोडको वान स्टप मलमा रहेको क्युएफएक्स सिनेमा हलमा भएका शोहरु हाउसफुल प्रदर्शन भइरहेको पाइएको छ।

बालमनोविज्ञानमा आधारित चलचित्रको कथावस्तु निकै मर्मस्पर्शी समसामयिक, सामाजिक तथा पारिवारिक विषयमा रहेको छ। परिवारमा आमाबाबुवीच हुने विवाद तथा झगडाले छोराछोरीको मनोविज्ञानमा पार्ने असरलाई चित्रण गरिएको चलचित्रले दर्शकको मन तान्न सफल रहेको देखिन्छ।

चलचित्रमा बिर्तामोड-१०की अनिशा न्यौपाने, सुरज तमु, समीरमणी दीक्षित,मणि राई, सुमनसागर जंग केसी,प्रभात श्रेष्ठ, निरज ब्ल्याक, विश्व साङ्बो, दीपिका थापा लगायतका कलाकारको सशक्त अभिनय रहेको देख्न सकिन्छ। बालकलाकार सम्राट थापा र आदित्य कार्कीको अभिनय प्रशंसनीय रहेको छ।

चलचित्र ‘सारंग’ को निर्माण प्रेम तामाङ र फूलमाया तामाङले गरेका हुन भने सहनिर्माता पुष्पा लिम्बू र विनु गुरुङ रहेका छन्। चलचित्रमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको छायांकन र मित्र डी.गुरुङको सम्पादन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here