नेकपा एमाले नेपालको कम्युनिस्ट आन्दोलनको ऐतिहासिकताका बीचबाट उदित वामपन्थी विरासत बोकेको राष्ट्रिय आयाममा विस्तारित दल हो । सत्तासीन दल नेकपा एमाले कार्यकर्ता तथा जनआधारित प्रमुख दल हो । एमालेको केन्द्रीय सचिवालयको ४४औं बैठकले तीन महिने जराकेन्द्रित वार्ड केन्द्रित सङ्गठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मुलुकका मुख्य दलका नीति तथा कार्यक्रमले निरन्तरतामा क्रमभङ्ग ल्याउन सामथ्र्य राख्छन् । एमालेका नीति, रणनीति, कार्यनीति र कार्यक्रमिक योजनाले मुलुकको अग्रगतिमा गहिरो प्रभाव पार्दछ ।
लोकरिझ्याइँ र लोकप्रियतावादी अयथार्थवादी सोच हावी हुँदै गरेको आजको परिवेश छ । राम्रा र चिप्ला कुरा गर्ने माथि विश्वास गर्नु भनेको मूल दलका विचार र सोचमा कमजोरी देखा पर्नु वा लिएका नीति र बनाइएका कार्यक्रमको सफल कार्यान्वयन नहुनु हो भन्ने निष्कर्ष निस्कन्छ । लामो इतिहासका बोकेका र लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका आन्दोलन, सङ्घर्ष र अभियानहरूमा अग्रिम मोर्चामा रहेर भूमिका निभाएका नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र जस्ता दलहरूले आफूभित्र हुर्किंदै गरेका जनहितबिरुद्धका विजातीय सोच र भावनालाई हटाउन सचेत र सबल पहल नगरेका कारण आजको अवस्था आएको मान्न सकिन्छ ।
एमाले, नेपाली काङ्ग्रेस जस्ता ठूला दलले आफूलाई थप सशक्तिकरण नगर्ने हो भने पुराना र इतिहास बोकेका दल हौँ भनेर मात्र जनता आफ्नो पक्षमा रहिरहन्छन् भन्न सकिन्न । नेपाली श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रूपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ बैशाख १० (तदनुसार २२ अप्रिल, १९४९) मा भएको हो । नेपाली जनताको वर्गीय र सामाजिक मुक्ति, नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा, जनतामा निहित सार्वभौमसत्ता र लोकतान्त्रिक प्रणालीका लागि सञ्चालित सामन्तवाद– साम्राज्यवाद विरोधी सङ्घर्षका क्रममा विकास हुँदै, फुट, विभाजन तथा एकताका अनेक उतार–चढाव पार गर्दै एवम् राज्य सञ्चालनका समेत अनुभवहरू हासिल गर्दै अघि बढ्ने क्रममा यो पार्टी आज नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का रूपमा स्थापित छ ।
यस पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद हो । नेपाली समाजमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय लगायत सबै प्रकारका समस्याहरूको पहिचान र तिनको समाधानका लागि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै अघि बढ्ने क्रममा जननेता मदन भण्डारीको अगुवाइमा जनताको बहुदलीय जनवाद विकास भएको हो । यस नवीनतम् वैज्ञानिक सिद्धान्तले समाजवाद स्थापना र कार्यान्वयनको चरणसम्म पनि मार्गदर्शन गर्नेछ भन्ने नेकपा एमालेको विचार छ ।
मुलुकको नेतृत्व गरिरहेको नेकपा (एमाले) पार्टी नेपाली श्रमजीवी वर्गको राजनीतिक अगुवा र प्रतिनिधि संस्था हो भनेर दावी गर्छ । यसले शारीरिक तथा मानसिक श्रम गर्ने श्रमिक, किसान, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपतिका साथै सम्पूर्ण जाति, भाषा, संस्कृति, भूगोल, पेशा र लैङ्गिक समुदायका जनताको हितको प्रतिनिधित्व गर्दछ । यस पार्टीको नेतृत्वदायी र निर्णायक भूमिकामा सामन्ती राजतन्त्रको अन्त्य र धर्मनिरपेक्ष तथा समावेशितासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यस पार्टीको अधिकतम कार्यक्रम समाजवाद हो । यो पार्टी संविधानसभाबाट निर्माण भएको संविधानको रक्षा, प्रयोग र विकास गर्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, सामन्तवादका अवशेषहरूलाई अन्त्य गर्न, दलाल–नोकरशाही पुँजीवादी शोषण उत्पीडन र साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्न, राष्ट्रिय पुँजीको विकासका साथै सामाजिक न्याय र समानतामा आधारित सामाजिक–आर्थिक रूपान्तरण गर्न, जनताको बहुदलीय जनवाद कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्न र समाजवाद स्थापना गर्न प्रतिबद्ध छ । यो पार्टी समाजवाद विकसित हुँदै जाँदा मानव समाज साम्यवादसम्म पुग्नेछ भन्ने विश्वास गर्दछ ।
नेकपा एमालेका सोच र विचार खुला, लोकतान्त्रिक र व्यक्तिगत स्वतन्त्रतालाई सम्मान गर्ने प्रकारका छन् । यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जनताका प्रतिनिधिद्वारा शासन प्रणालीको सञ्चालन, स्वतन्त्र न्यायपालिका र मानवअधिकारको प्रत्याभूति लगायत लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताप्रति प्रतिबद्ध छ । साथै, नेपाली समाजमा दिगो शान्ति र सामाजिक आर्थिक क्षेत्रमा प्रगतिशील रूपान्तरणका लागि शान्तिपूर्ण बाटो र लोकतान्त्रिक विधि अवलम्बन गर्न प्रतिबद्ध छ ।
पार्टीले माक्र्सवाद–लेनिनवादका आम सच्चाइलाई नेपालको विशिष्ट परिस्थितिमा कार्यान्वयन गर्दै नेपाली क्रान्तिका मौलिक सिद्धान्त र बाटो निर्माण गर्न अथक प्रयास ग¥यो । वि.सं. २०४६ भदौमा सम्पन्न झापा सङ्घर्षको विरासताको रूपमा स्थापित नेकपा (माले)ले चौथो महाधिवेशनबाट जनवादी व्यवस्थामा बहुदलीय शासन प्रणालीको अवधारणा अगाडि बढायो । त्यसलाई थप विकसित गर्दै मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरे, जुन माक्र्सवादी दर्शन, नेपाली क्रान्तिका अनुभव र विश्व कम्युनिष्ट आन्दोलनका शिक्षामाथि आधारित थियो । जबज पाँचौ महाधिवेशनबाट नेपाली क्रान्तिको कार्यक्रम र छैटौँ महाधिवेशनबाट नेपाली क्रान्तिको नेतृत्वकारी विचारका रूपमा अनुमोदन भयो ।
आठौं, नवौं र दशौं महाधिवेशनबाट यसलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा पुनर्पुष्टि गर्दै अगाडि बढाइएको छ । तर, समयक्रममा क्रान्तिअघि सरकारमा गएर जनपक्षीय काम गर्दै सत्तालाई जनताको हितमा उपयोग गर्न सकिन्छ, क्रान्तिको पृष्ठभूमि तयार गर्न सकिन्छ भन्ने विश्वास चरमराउने गरेको छ । पार्टीले सरकारमा पठाएका मानिसबाट सो अनुरूपका काम नभएपछि समस्या देखा पर्ने गरेको तीतो र टर्रो अनुभव हुने गरेको छ । कहिलेकाहीँ त दलहरू बीचका भिन्नता पत्ता लगाउनै मुश्किल हुने गरेको छ । त्यसैकारण एमालेले केन्द्रीय योजना अनुरूप तीन महिने वडा केन्द्रित अभियान शुरु भएको छ ।
यो अभियानबाट पार्टी सदस्य नवीकरण र विस्तारमार्फत् आधारभूत तहमा कार्यकर्ताको वास्तविक अवस्था, पालिका, वार्ड र टोलमा पार्टी कार्यकर्ताको क्रियाशीलताको अवस्था र समस्या समाधानका लागि लिन सकिने नीतिका बारेमा दिग्दर्शन हुनेछ । सदस्यता नवीकरण र विस्तार (कुल मतदाताको ६ प्रतिशत पु¥याउने), टोल तहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तिमा एक तिहाई युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने, पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने, पार्टी सम्बद्ध सबै जनसङ्गठनको सदस्यता व्यापक रूपमा विस्तार गर्ने र सबै जनसङ्गठनलाई आ–आफ्नो वर्ग÷ समुदायको नेताका रूपमा स्थापित गर्ने यो अभियानको उद्देश्य राखिएको छ ।
त्यसैगरी, सामाजिक सञ्जालमा नियोजित रूपमा सम्प्रेषित मिथ्या सूचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने, सबै तहका कमिटीहरू र जनप्रतिनिधिहरूले आ–आफ्नो तहको प्रचार डेस्क÷कक्ष स्थापना गरी प्रचारात्मक काम अघि बढाउने, एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको उद्देश्य अनुरूप अघि बढाइएको वार्षिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, पार्टीको नेतृत्व र सहभागिताका तिनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुना योग्य कामलाई उजागर गर्ने, जनतासँग प्रत्यक्ष सम्वाद गर्नेगरी सबैका घर–घरमा पुग्ने, स्थानीय चासो र जनसरोकारका विषय पहिचान गर्ने, आ–आफ्नो ठाउको विकास र समृद्धिको योजना तयार गर्ने, मिसन ८४ मा पार्टीको एकल बहुमत प्राप्त हुने गरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुबीकरणको अभियान चलाउने, घर फर्क र पार्टी प्रवेश अभियानमा जोड़ दिने, पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिमा आधारित रहेर स्कुलिङको काम अघि बढाउने, पार्टी नीति र कार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने अभियानको मुख्य लक्ष्य रहेको छ । पार्टीभित्र विभिन्न प्रश्नमा बहस, विमति र अन्तरसङ्घर्ष हुनु स्वभाविकै हो ।
यसरी सिर्जना हुने अन्तरविरोधलाई वाद–प्रतिवाद–संवादको द्वन्द्वात्मक विधिबाट समाधान गर्नुपर्छ । यो अभियान एकता, अन्तरसङ्घर्ष र अझ उन्नत स्तरको एकताको विधिबाट हल गर्दै अघि जानका लागि जनता र कार्यकर्तासँग गरिने जरा अभियान हो । यो अभियानले वैचारिक, राजनीतिक र सङ्गठनात्मक स्पष्टता हासिल हुनेछ । प्रस्तावित योजनाको सफल कार्यान्वयन हुन नसके यो फगत औपचारिकतामा सीमित हुनेछ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्न नेकपा (एमाले)को नेतृत्व अपरिहार्य रहेको सन्देश प्रवाह गर्ने, अभियानको समाप्तिसँगै अभियानको उपलब्धी र कमी–कमजोरीको समीक्षा गर्ने र त्यसको अनुभवको जगमा नियमित वैचारिक, सङ्गठनात्मक र राजनीतिक कामलाई अघि बढाउने एमालेको यो अभियानका उद्देश्य किटान गरिएका छन् । स्थानीय तहका वार्डकेन्द्रित यो अभियान सङ्गठनात्मक एकता सबल बनाउने महत्त्वपूर्ण अवसर हुनेमा विश्वास गर्न सकिन्छ । जनतासँग टुटेका तारहरू जोड्न एमालेको सङ्गठनात्मक, वैचारिक विकास गर्न र कार्यकर्ता परिचालनमा अहम् भूमिका जरा अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।