धर्म, पर्यटन र निर्माणलाई जोड्न नेपाल इन्जिनियर्स एशोसिएसनको जोड

0
221

झापा, धर्म, पर्यटन र निर्माणलाई जोड्न साझा धारणा निर्माणका लागि इन्जिनियरहरु जुटेका छन् ।
नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड च्याप्टरले ऐतिहासिक तथा पुरातात्विक र पौराणिक महत्वका देवस्थललाई संरक्षण र विकास गर्न निर्माण नीति नै तयार गर्दै साझा धारणा बनाउन लागेका हुन् । जसका लागि एशेसिएसनले धर्म, पर्यटन, निर्माण र निर्माण नीतिसंग सम्वन्धित बिज्ञहरुसंग परामर्श लिँदै साझा धारणा बनाउन लागेको हो ।
फागुन २ गते बिर्तामोडमा हुने कार्यक्रममा धर्मका विषयमा शंकराचार्य पीठ साधुटारका अध्यक्ष तथा आचार्य लक्ष्मीप्रसाद खतिवडा, पर्यटनसंग सम्वन्धित विज्ञ अमिर राई, निर्माणसंग सम्वन्धि पूर्वाञ्चल क्याम्पस प्रमुख काजीराम कार्की र निर्माण नीतिका विषयमा ललितपुर महानगर पालिकाका प्रमुख चिरीवावु मर्हजनसंग अन्तरसम्वाद गर्दै साझा धारणा तयार गर्न लागिएको नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड च्याप्टरका अध्यक्ष इन्द्रमणि घिमिरेले बताए ।
बिर्तामोडमा सोमवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष घिमिरेले झापामै पहिलो पटक फागुन २ गते उक्त कार्यक्रमको आयोजना गरिएको बताए । बिर्तामोडस्थित शिदार्थ होटल ग्रेण्ड सिटीमा विचार गोष्ठीको आयोजना गरिने र त्यसबाट झापा घोषणापत्र तयार गरिने कार्यक्रम संयोजक इ. प्रकाश कुमार सिंहले बताए ।
नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड च्याप्टरका संस्थापक अध्यक्ष रोशन सुवेदीले प्रकाश पारेको कार्यक्रमको सञ्चालन इन्जिनियर अजित ढुङ्गानाले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here