शिक्षासेवी प्रसाईंको स्मृतिमा जिल्ला स्तरीय फुटवल शुरु

0
85

झापा, झापाको बिर्तामोड–६ स्थित एभरेष्ट स्मार्ट एजुकेशन फाण्डेशनलमा हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

हरिकुमार प्रसाईंको स्मृतिमा आज (सोमवार) प्रतियोगिताको उद्घाटन गरिएको छ । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि पवित्रा महतरा प्रसाईले प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।

आज माघ २८ गतेदेखि शुरु भएको प्रतियोगिताको फाइनल आगामी फागुन ६ गते हुने आयोजक प्रतियोगिता एभरेष्ट स्मार्ट एजुकेशन फाण्डेशन प्रिन्सिपल अनुप शर्माले जानकारी दिए ।

प्रिन्सिपल अनुप शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिद्यालयका सेकेन्डरी इन्चार्ज तेजेन्द्र कोइरालाले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख प्रसाई र जिल्ला खेलकूद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले शुभकामना मन्तव्य राखेका थिए ।

औचित्यमाथि प्रकाश न्यूटन्स बिद्यालय बिर्तामोडका प्रिन्सिपल देवेन्द्र हुमागाईले पारेको कार्यक्रममा बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल, महासचिव बुद्ध तामाङ, बिद्यालष् ब्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष देबी गिरी, प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, हिसानका कार्यवहाक अध्यक्ष उत्तम खनाललगायतको आतिथ्य रहेको थियो ।

उद्घाटन कार्यक्रमको सञ्चालन बिद्यालयकी शिक्षिका सावित्रा भट्टराईले गरेकी थिइन् । १६ वटा बिद्यालयको सहभागीता रहने उक्त प्रतियोगिताको उद्घाटन खेल आयोजक एभरेष्ट स्मार्ट एजुकेशन फाण्डेशन र बेल्स मोडल बिद्यालयबीच भएको थियो ।

एभरेष्टले ७–१ को फराकिलो गोलसँगै बेल्सलाई पछि पार्दै उद्घाटन खेलमा बिजय हासिल गरेको छ । आज मंगलवार न्यूटन्स र देवकूल साथै ग्रीनफिल्ड र चिल्ड्रेन बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here