सशस्त्र प्रहरीद्वारा हालसम्मकै ठूलो परिमाणमा माछा बरामद

0
139

झापा, सशस्त्र प्रहरीले हालसम्मकै ठूलो परिमाणमा माछा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्वर हेड क्वाटर भद्रपुर झापाले ४ लाख २० हजार मूल्य बरामवरको माछा बरामद गरेको हो ।
कनकाई नगरपालिका १ जामुनखाडीस्थित पूर्व पश्चिम लोकमार्ग अन्तरगत जामुनखाडी मोड नजिकै सडकमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्र ०१ च – ०२–००२ च ४८४९ नम्वरको पिकअप गाडीलाई चेकजाँचका क्रममा सो मूल्य वरावरको एक हजार चार सय केजी माछा बरामद गरेको हो ।
शसस्त्र प्रहरीले सवारी सहित सवारी चालक सुनसरी इनरुववा ७ वस्ने २४ वर्षीय दिल कुमार चौधरीलाई समेत नियन्त्रणमा लिएको छ ।

शसस्त्र प्रहरी सहायक निरीक्षक लोकेन्द्र पोखरेलको कमाण्डमा खटिएको प्रहरीको टोलीले माछा बरामद गरेको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here