योगेन्द्र योगी
बिराटनगर,
यति बेला मोरङको कानेपोखरी गाउँपालिका १ झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत घर निर्माणले तीव्र पाएको छ। कानेपोखरी गाउँपालिका, ह्याविट्याट फर ह्युमानिटि नेपाल र साहारा नेपाल बीचको त्रिपक्षिय साझेदारीमा निर्माणाधीन ११ वटा आवासमा बाँसको घर निर्माण हुन लागेको हो।
गाउँपालिका अध्यक्ष राजमति इङ्गनामका अनुसार सम्बन्धि प्रविधि, शिप र ज्ञान आदानप्रदान गर्न अमेरिका देशबाट १६ र जापान देशबाट १२ जना आगन्तुक पाहुनाहरुले काम गरिरहेको बताईन्। पाहुनाहरुसंगै अध्यक्ष इङ्गनाम र अन्य जनप्रतिनिधिहरु पनि घर निर्माणमा श्रमदान गरिरहेका छन् ।
आर्थिक वर्ष २०७९/०८० मा वडा नं. ३ को राजगञ्जमा ३० घर, आ व ०८०/०८१ मा वडा नं. ४ को क्याम्पाघाटमा १७ घर र आ व २०८१/०८२ मा वडा नं. ३ को कोलटोलमा ३० घर र वडा नं. १ को झरनाघुट्टु मा ११ घर निर्माणाधीन रहेको गाउँपालिकाले जनाएको छ।