रोङमा मिनि बस दुर्घटना सबै यात्रु सकुशल

0
110

इलाम ।

इलामको रोङ गाउँपालिका–२ स्थित खरबन्दीको कमेरे गोलाई नजिकै यात्रुबाहक मिनि बस दुर्घटनामा परेको छ।

बरफल्याङबाट यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको ना ४ ख ४३२४ नम्बरको मिनि बस आज दुर्घटनाग्रस्त भएको हो। दुर्घटना गम्भीर प्रकृतिको भए पनि सबै यात्रु सकुशल रहेको एक यात्रुले बताएका छन्।

स्थानीयका अनुसार, पहाडी साँघुरो बाटोमा मोड लिँदै गर्दा बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाका कारण बसको अधिकांश भागमा क्षति पुगेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here