मानिस एक चेतनशील प्राणी हो । सामाजिक जिम्मेवारी उत्तरदायित्व बोकेको हुन्छ । मानिसले हरेक काम गरिराखेको हुन्छ । चाहे त्यो परिवारको लागि होस् अथवा समाजका निम्ति होस् । अझै भन्नुपर्दा देशका निम्ति पनि हुन सक्छ । काम त गर्छ उसले तर कुन उद्देश्य बोकेर ऊ आफ्नो काममा लागेको छ ।
पहिलो प्रश्न यहाँ उठ्न सक्छ । के का लागि काम गर्दैछ, कसका लागि गर्दैछ, किन गर्दैछ जब यी तीन वटा कुराहरूमा आधारित भएर ऊ अघि बढ्छ काम गर्छ भने पक्कै पनि उसले आफ्नो कामले गर्दा ऊ आफूमा खारिन्छ, निखारिन्छ, आत्मविश्वास बढ्छ र जस्तासुकै कामहरु पनि उसले मज्जासँग गर्न सक्छ। त्यहाँबाट उसलाई शान्ति आनन्द मिल्छ यदि काम त गर्छ, तर केका लागि कसका लागि किन गरिन्छ भन्ने कुराको खाका प्रष्ट छैन भने ऊ अस्तव्यस्त रहन्छ, त्यही कामले गर्दा न हो काममा सफल बन्छ न ऊ भित्र शान्ति नै पैदा हुन्छ ।
शान्ति बाहिर खोज्ने होइन शान्ति त आफैभित्र छ आफ्नै मनमा छ मात्र मनलाई स्वस्थ राख्नुपर्छ । यो विधिलाई जानेर सही सदुपयोग गरेर प्रत्येक दिन आफ्नो मनका लागि काम गरेमा मनबाट उत्पन्न हुने त्यो गहन शान्ति स्थिरता अनि आनन्द बढ्दै–बढ्दै जान्छ । जसले गर्दा मान्छे सृजनशील बन्छ मेहनती बन्छ नेतृत्व लिन सक्ने क्षमतावान भन्छ । हरेक कुराहरुलाई सही निर्णय गर्छ अर्काको प्रभावमा बाँच्दैन अब आफ्नै शोभामा ऊ बाँच्न थाल्छ, जिउन थाल्छ ।
सहयोगको भावना बढ्दै जान्छ जब हामीले कामलाई राम बनाउँछौं त्यसैले नै आफ्नो उज्ज्वल भविष्य कोर्नेछ । जब हामी प्रत्येक दिन आफ्नो स्वास्थ्यमा काम गर्छौं । स्वास्थ्य भन्नाले शारीरिक स्वास्थ्य शरीरका लागि मानसिक स्वास्थ्य मनका लागि भावनात्मक स्वास्थ्य आफ्नो भावना विचारका लागि अनि चैतन्य स्वस्थ आफ्नो चेतनाको लागि थाहा पाउने क्षमता जागृत गर्नका लागि हामीले प्रत्येक दिन योग प्राणायाम अनि ध्यान आफूलाई डेढ घण्टा छुट्याउन सकेमा मात्र हामीले आफैंमा पूर्ण शान्ति पाउन सक्छौं । अब हामीलाई बाहिरको वातावरणले अशान्ति बनाउँदैन । म भित्रबाट विचलित हुनै सक्दिनँ । किनकि त्यो स्थिर शान्तिको मैले अनुभव गरिसकेको छु । परिस्थिति जस्तो भएपनि मनस्थिति मिलाउन मैले जानेको छु भन्ने भावभित्रबाट उठेर आउँछ ।
हामीले हेर्दा या बुझ्दा पनि मानिसको सिंगो शरीर एउटा मात्र छ भन्ने हामीलाई लाग्छ । तर, मानिसको देखिने भौतिक शरीर हुन्छ, नदेखिने सूक्ष्म शरीर हुन्छ जसलाई देख्न सकिन्न । मन भावना चेतना बुद्धि, विवेक सूक्ष्म शरीर हुन् । जसका कारणले मानव जीवन चलेको हुन्छ । भौतिक शरीरलाई त मानिसले अनेकन व्यायाम झुम्बा अथवा विभिन्न एक्सरसाइज मेसिनहरूबाट पनि शरीरलाई स्वस्थ राख्ने प्रयत्न गरिराखेको हुन्छ । तर, सूक्ष्म शरीरलाई मानिसले कसरी स्वस्थ राख्न सक्दछ यो भने गम्भीर प्रश्न आफैंलाई गर्न जरुरी छ । अहिलेको बदलिँदो समय भनौं या परिस्थिति मानिसलाई श्रम नगरिकन भौतिक सुख–सुविधा चाहिएको छ, मानिसका अनगिन्ती चाहना इच्छा अपेक्षा बढ्दै–बढ्दै गएको छ । मानिसमा चेतना हराउँदै गएको छ ।
मानिस दिनदिनै डिप्रेसनको शिकार बन्दै गइरहेको छ । मानिसका मनमा प्रत्येक दिन ६० हजारदेखि ७५ हजारसम्म विचारहरू चल्दछन् । विचारको व्यवस्थापन गर्न नसक्दा मनबाटै हजारौं रोगहरु उत्पन्न हुने गर्दछ । तसर्थ, जसको कारणले मनमै समस्या बढेको छ । अब मनलाई निर्विचार शान्त अनि स्थिर बनाउनका निम्ति हामीले मानिसले जसरी जुन कोठामा फोहोर हुन्छ त्यही कोठामा गएर सफा गर्नुपर्छ । त्यसरी नै समस्या मनमा छ भने मनलाई स्वस्थ राख्नका निम्ति प्रत्येक दिन प्राणायाम गर्न जरुरी छ । जसले गर्दा मनका सारा विकारलाई हटाउँदछ । मलाई मनलाई निर्मल कञ्चन बनाउँदछ । पवित्र बनाउँदछ अनि मन स्वस्थ बन्दछ, अब मनलाई जहाँ लगायो आरामपूर्वक मनलाई आफ्नो रोजाईमा लगाउन सकिन्छ ।
हाम्रो शरीरमा सात वटा शक्ति केन्द्रहरू हुन्छन्, जसलाई चक्र भनिन्छ । प्रत्येक चक्रले मानिसको जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ पहिलो चक्र हो मूलधार चक्र । यस चक्रले स्वास्थ्यसँग सम्बन्ध राख्दछ । दोस्रो स्वादिष्ट चक्र– जुन चक्र सक्रिय भएमा मानिसभित्रको स्वभाविक खुशी प्रकट हुन्छ । तेस्रो मणिपुर चक्र– जुन चक्र सक्रिय भयो भने मानिस साहसी हुन्छ । आत्मविश्वासले भरिन्छ ऊ भित्र नेतृत्व क्षमता जन्मिन्छ । जस्तोसुकै नसकिने काम पनि उसले गर्न सक्छ । चौथो चक्र हो अनाथ चक्र– जसबाट व्यक्तिको प्रेम भाव करुणा जन्मन्छ । पाँचौं हो विशुद्धिचक्र यो चक्र सक्रिय भयो भने व्यक्तिभित्र रहेको ज्ञान प्रकट हुन्छ । बोलीमा मिठास विनम्रता हुन्छ, छैठौं चक्र आज्ञाचक्र हो । यो चक्र सक्रिय भयो भने मानिस सङ्कल्पवान बन्दछ । आफूले गरेको संकल्प पूरा गर्न थाल्दछ सातौं चक्र हो साहस र चक्र जहाँबाट आनन्दको रस शरीरले प्राप्त गर्दछ । तसर्थ, जीवनलाई सहज सजिलो अनि सुन्दर स्वस्थ जीवनका लागि प्रत्येक दिन योग प्राणायाम अनि ध्यान गर्न जरुरी छ ।
ध्यान भनेको यस्तो चिज हो । जुन चिजमा राख्यो त्यही चिज सप्रन्छ ध्यान भनेको केही गर्नु होइन, केही नगर्नु सजग बनिरहनु र आफूभित्र सूक्ष्म रुपमा चलेको ऊर्जालाई थाहा पाउनु महशुस गर्नु नै ध्यान हो । न कुनै अपेक्षा हुन्छ न कुनै आशा हुन्छ मात्र तटस्थ रहन्छ अनि स्थिर रहन्छ । जति–जति अभ्यास गर्दै जान्छौं । उति–उति मन शान्त बन्दै जान्छ, जीवन नयाँ–नयाँ बन्दै जान्छ । आशाका किरणहरु पलाउँदै जान्छन्, अनि मात्र तपाईंले मैले देखेको सुन्दर जीवनको परिकल्पना पूरा हुन्छ ।