बिर्तामोड स्मार्ट लेडीद्वारा हात्ती प्रभावित क्षेत्रमा टर्चलाइट वितरण

0
37

बिर्तामोड ।

लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले हात्ती प्रभावित क्षेत्र अर्जुनधारामा हात्ती धपाउन सहजताका लागि स्थानीयलाई टर्चलाइट वितरण गरेको छ ।

क्लबले अर्जुनधारा नगरपालिका–८ मा एक कार्यक्रमको आयोजना गरी बिपन्न समुदायलाई हात्ती धपाउन प्रयोग गरिने इलेक्ट्रोनिक टर्चलाइट बितरण गरेको हो ।

क्लवकी अध्यक्ष मञ्जु उप्रेतीको अगुवाइमा आयोजना गरिएको कार्यत्रलममा प्रमुख अतिथि अर्जुनधारा–८ का वडाध्यक्ष कुमार उप्रेती र टर्चलाईट दाता बिर्तामोडस्थित सानो संसार हाउजिङ प्रालीका प्रोपाइटर प्रकाश उप्रेतीले संयुक्त रुपमा बिपन्न सर्वसाधारणलाई टर्चलाईट वितरण गरेका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीका संस्थापक अध्यक्ष लीला मैनाली, एबिसी झापाकी अध्यक्ष कन्चना ढकाल सिटौलालगायतले सामाजिक क्षेत्रमा क्लवले पुर्याउँदै आएको योगदानको उच्च महत्व रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

अर्जुनधारा–८ का वडा सदस्यहरु ऋषि घिमिरे, मनोज थापा मगर, क्लवका पदाधिकारीहरुको सहभागीतामा सम्पन्न भएको कार्यक्रममा मन्जु उप्रेतीको सभापतित्व र सरु भुर्तेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

क्लवले केही समययता बिपन्न समुदायका अध्ययनरत बालबालिकालाई पोशाक, ब्याग बितरण, स्वास्थ्य शिविरको आयोजना, धार्मिक स्थलमा पुगेर अनाथ तथा बृद्ध–वृद्धालाई पोशाक वितरण लगायतका सामाजिक गतिविधि गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here