शिक्षा ऐनको माग गर्दै ध्यानाकर्षण पत्र

0
110

भद्रपुर, नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक कर्मचारीसम्बद्ध सवै घटकले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शिक्षा क्षेत्र हस्तक्षेप मुक्त बनाएर विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारीमैत्री अग्रगामी शिक्षा ऐन जारी हुनु पर्ने भन्दै देशभरका शिक्षक कर्मचारीसम्बद्ध सवै घटकले शिक्षक महासंघको नेतृत्वमा शिक्षा विकास तथा समन्वय इकाईमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलको नेतृत्व टोलीले शिक्षा विकास तथा समन्वय अधिकारीमार्फत झापाबाट शिक्षामन्त्रीलाई ध्यानाकर्षण पत्र पठाइएको थियो ।

अध्यक्ष खरेलको अध्यक्षता तथा मधेसी आदिवासी संरक्षण मञ्चका राष्ट्रिय अध्यक्ष रमाकान्त चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कोण सभामा आन्दोलनको औचित्यमाथि प्रकाश पार्दै नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईले शिक्षा क्षेत्र हस्तक्षेप मुक्त बनाएर विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारीमैत्री अग्रगामी शिक्षा ऐन जारी हुने अवस्था नआएकोले आन्दोलनको बाटो रोज्नु परेको जानकारी दिए । अध्यक्ष चौलागाईले पहिलो चरणको आन्दोलन फागुन २४ सम्म रहेकाले सरकारले सच्चिएर अविलम्ब शिक्षा ऐन जारी नगरे कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हान बमोजिम देशैभरिका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा ध्यानाकर्षण पत्र बुझाइएको हो । कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय उपाध्यक्ष बालकृष्ण चौलागाईं ,नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोयानाथ दाहाल ,एकीकृत अखिल नेपाल शिक्षक संगठन झापा अध्यक्ष रविन मैनाली,नेपाल राहत शिक्षक जिल्ला समिति झापाका अध्यक्ष तेजप्रसाद खनाल ,बालविकास शिक्षक समिति झापाका अध्यक्ष देविका बस्नेत नेपाललगायतले नेपाल शिक्षक महासंघले प्रारम्भ गरेको आन्दोलनलाई तार्किक निष्कर्ष पु¥याउने गरी अन्तिम अवस्थासम्म लड्नुपर्ने बताए । प्रदेश राजधानी र संघीय राजधानी प्रदर्शनको निम्ति तयारी रहन अपिल गर्नुका साथै अब गर या मरको अवस्था रहेको बताए ।

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख देवेन्द्रबहादुर मल्लमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलले बुझाएका थिए। भेलामा नेपाल शिक्षक महासंघ बुद्धशान्तिका अध्यक्ष आनन्द कोइराला ,मेचीनगरका अध्यक्ष होमराज ढकाल ,विर्तामोडका अध्यक्ष युवराज कट्टेल,बाह्रदशीका अध्यक्ष गुणनिधी लुईटेल,भद्रपुरका अध्यक्ष पुरुषोत्तम खरेल,कचनकवलका अध्यक्ष भैरवप्रसाद राजवंशी,झापा गापाका अध्यक्ष जगन्नाथ राजवंशी,गौरीगञ्जका अध्यक्ष हरिलाल यादव,अर्जुनधाराका सचिव टंक न्यौपाने ,गौरादहका सचिव जगत प्रसाईं ,कन्काईका सचिव निर्मल खनाल ,हल्दिवारी गंगाराम खरेललगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम नेपाल शिक्षक महासंघ झापाका सहसचिव टिकाराम खवासले संचालन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here