नेपाल राष्ट्रिय मारवाडी युवा संगठनअन्तर्गत क्षेत्र ‘क’ को दोस्रो क्षेत्रीय भेला सम्पन्न

0
70

धुलावारी । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनअन्तर्गत क्षेत्र ‘क’ को दोस्रो क्षेत्रीय भेला भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम क्षेत्र ‘क’ का अध्यक्ष दिपक मित्तल को अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय कोषाध्यक्ष यज्ञराज अग्रवाल रहेका ाथिए । कर्यक्रमको सञ्चालन मारवाडी युवा मञ्च, धुलाबारी का उपाध्यक्ष प्रकाश जैनले गरेका थिए ।

भेलामा केन्द्रीय सदस्यहरू हेमन्त सुराना, विकास अग्रवाल, ललित अग्रवाल लगायत केन्द्रीय कोषाध्यक्ष यज्ञराज अग्रवाल ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै, क्षेत्र ‘क’ अन्तर्गत रहेका पाँचवटा मञ्चका अध्यक्षहरू तथा पदाधिकारीहरू समेत उपस्थित भएका थिए।

कार्यक्रममा क्षेत्र ‘क’ अन्तर्गत रहेका सम्पूर्ण मञ्चहरूबाट ४५ जना युवाहरूको उपस्थिति रहेको थियो। भेलाले संगठनलाई अझ मजबुत बनाउने उद्देश्य राख्दै आगामी दिनहरूमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here