सशस्त्रका इन्स्पेक्टर महत मृत्यु प्रकरण : अर्का इन्स्पेक्टर जोशी पक्राउ

0
119

झापा ।

सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा अर्का निरीक्षक (इन्स्पेक्टर) विवेक जोशी पक्राउ परेका छन्। जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले बताए।

ब्यारेकमै झुण्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए। जोशी २३ नम्बर गण तनहुँमा कार्यरत छन्। उनी १६ बेसिकका इन्स्पेक्टर हुन्।

इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएकी थिइन् । सिन्धुपाल्चोक घर भएकी उनी १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन्।

जोशी र महत प्रेमसम्बन्धमा रहेको परिवारको दाबी छ। जोशीका कारण महतले आत्महत्या गरेको जाहेरीमा दाबी गरिएको छ। घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी मुख्यालयले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here