बिराटनगर,
संखुवासभाको भोटखोला गाँउपालिका वडा नं.-१ स्थित रहेको इलाका प्रहरी कार्यालय किमाथांकाद्वारा आफ्नो एरिया इलाका भित्रको वस्तुस्थिति बुझ्न साथै अवाञ्छित क्रियाकलाप नियन्त्रण कुनै पनि चिसो हिउँको प्रवाह नगरी गस्ति गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार जिल्लाको सीमा क्षेत्रको शान्ति सुरक्षा कायम राख्न, अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण लगायत आम नागरीकहरुलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन उदेश्यका साथ किमाथांका प्रहरीले छोटो दुरीको ग्रामिण गस्ति गरिरहेको जनाएको छ।
केहि दिनदेखि पहाडी क्षेत्रमा बर्षासँगै हिउँ परेको अवस्थामामा पनि सिमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न निरन्तर गस्ति गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।