भाषाशास्त्री चूडामणि गौतम निधन

0
22

झापा ।

भाषा र व्याकरण क्षेत्रका मूर्धन्य विद्वान् चूडामणि गौतमको ८१ वर्षको उमेरमा निधन भएको छ।

मिर्गौला रोगबाट पीडित उनको मेडिसिटी अस्पतालमा सोमबार निधन भएको हो। २००० साल असोज १ गते तेह्रथुममा जन्मिनुभएका गौतम ‘ग्रामर गुरु’का रूपमा परिचित छन्। नेपाली र अङ्ग्रेजी व्याकरणका सिद्धहस्त उनका दर्जनौँ पुस्तक प्रकाशित छन् ।

नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एण्ड प्रोनाउन्सेसन, राम्रो अंग्रेजी बोलचाल अभ्यासलगायत नेपाली र अङ्ग्रेजी व्याकरणसम्बन्धी पुस्तक चर्चित छन्।

सोमबार नै पशुपति आर्यघाटमा गौतमको अत्येष्टि गरिएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here