नसर्ने रोगहरू पहिचानका लागि समुदायस्तरमा कार्यक्रम

0
98

कमल ।

नेपाल सरकारले नसर्ने रोगहरूको शीघ्र पहिचानका लागि समुदाय स्तरमा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

नेपाल सरकारले समुदाय स्तरमै नसर्ने रोगहरूको शीघ्र पहिचान गर्न नीति तथा कार्यक्रम लागू गरिरहेको छ भने स्थानीय तहले तिनको कार्यान्वयन र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

यसैक्रममा कमल गाउँपालिकाले समेत आफ्ना पालिकामा रहेका नागरिकको नसर्ने रोगहरूको शीघ्र पहिचानका लागि समुदाय स्तरमा केएचडिसी स्क्रिनिङको शुरु गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट शुरु गरिएको स्कृनिङको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका थिए । वडा नम्बर ५ बाट शुरु गरिएको शिविर क्रमशः सबै वडामा सञ्चालन भएर आगामी फागुन २७ गते सम्पन्न हुने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

पछिल्लो समय समुदाय स्तरमा नसर्ने रोगहरुका कारण धेरै समस्या आउने भएकोले नेपाल सरकारले नै फागुन महिनालाई नसर्ने रोगहरूको शीघ्र पहिचानका लागि समुदाय स्तरमा शिविर सञ्चलनको लागि स्थानीय तहलाई दिएको निर्देशन अनुसार शिविर सञ्चालन गरिएको र शिविरमा प्रेसर, सुगर, उचाइ अनुसारको तौल मापन र मृगौलाको अवस्थाका बारेमा लगायतका रोगहरूको परीक्षण गरिने र चिकित्सकद्वारा आवश्यक परामर्श दिने कमल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बिनु थापाले जानकारी दिए ।

शिविरमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, ५ नम्बर वडाध्यक्ष लालबहादुर बिष्ट कार्यपालिका सदस्य चन्द्रकला सुब्बा, लखनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर निरौला लगायतले सेवा लिएका थिए ।

शिविरमा आएका सेवाग्राहीलाई कमल गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्यकर्मीको प्राविधिक टोलीले स्वास्थ्य परिक्षण गर्नुका साथै आवश्यक परामर्श दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here