बिर्तामोडमा मध्यराती एमालेका कार्यकार्ताबीच कुटाकुट, तीन जना घाइते

0
222

बिर्ताामोड ।

झापाको बिर्तामोडमा युवाहरुबीच ग्याङफाइट भएको छ ।

ग्याङफाइटमा युवा संघका केन्द्रीय सदस्यसहित तीनजना घाइते भएका छन् । घाइते हुनेहरूमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका–४ का खगेन्द्रराज आङदम्बे, एमालेका बिर्तामोड नगर कमिटी सदस्य तथा वडा नम्बर ९ का विश्वदीप राजवंशी र एमालेकै कार्यकर्ता वडा नम्बर ४ का अजय खवास रहेका छन् । घाइतेहरूको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूलाई बिर्तामोड नगरपालिका–४ बस्ने वर्ष ४५ का खगेन्द्र खालिङ राईलगायतको ४–५ जना युवाको समूहले कुटपिट गरी घाइते बनाएको बताइएको छ । खालिङ पनि एमालेकै कार्यकर्ता हुन् ।

कुटपिटमा संलग्न भएको आरोपमा खालिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । अन्यको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खड्काले बताए ।

गयराति बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्ट अगाडी दुई समूहबीच ग्याङफाइट भएको थियो । आपसी लेनदेनका विषयमा उनीहरुबीच विवाद भएको हुनसक्ने आशङ्का गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here