बिर्तामोड ।
भारतले नेपाली सिमा मिच्ने क्रम बढीरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ ले जनतामा राष्ट्रिय स्वाधिनता जागरण गर्नुपर्ने बताएका छन् ।
केहीदिन देखि झापामा रहेका महासचिव विप्लवले आज मेचीपारिको वस्तीमा पुगेर त्यहाँको वस्तुस्थिति, सीमाको अवस्था अवलोकनसंगै स्थानीयवासीसंग छलफल समेत गरेका छन् । सोही क्रममा पार्टीका झापा इञ्चार्ज सुमन सीले झापाको सिमा क्षेत्रको माटो महासचिव विप्लवलाई प्रदान गरेका छन् ।
उक्त माटोका सााथै पश्चिम सुस्तास्थित दोधाचाँदनीको माटो मिसाएर काठमाण्डौंमा वृक्षारोपण गर्ने योजना गरेको बताइएको छ । उक्त अभियानले नेपालीमा रााष्ट्रिय स्वाभिमान र स्वाधिनता जागरणमा सबै नेपालीलााई गोलबद्ध गर्ने झापा इञ्चार्ज सुमनको भनाई छ ।
भारतीय एसएसबीले झापासहितका सिमा क्षेत्रमा दैनिक जसो सिमा मिच्ने काम गरिरहेको भन्दै विप्लव माओवादीले राष्ट्रिय स्वाधिकता र देशकाृ रक्षाका लागि कडा रुपमा उभिने बताए । पछिल्लो समय झापा जिल्ला राजनीतिक चलखेलको केन्द्र जस्तो बनिरहेको बेला गणतन्त्रको रक्षा र जनजीविकाको सवालहरुमा छलफल गर्न महासचिव कमरेड आएको इञ्चार्ज सुमनले जानकारी दिए ।
नागरिकमा लोकतन्त्र र गणतन्त्रका विषयमा अन्यौल कायम रहेकाले देशी विदेशी शक्तिले चलखेल गर्न सक्ने हुँदा नेपाली समाजलाई विकल्प दिन समाजबाद स्थापना अनिवार्य रहेको र त्यसको पक्षमा माहोल बनाउन अपिलसहितको कार्यक्रम आयोजना गरिएको पार्टीका झापा इञ्चार्ज सुमन सिंह सिले बताए ।
चैत १२ गते पार्टीले झापाबाट कञ्चनपुरसम्म सञ्चालन गर्ने जनजागरण मार्च गर्ने र उक्त मार्चको महासचिव विप्लवले नै उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।