‘आमा आज पनि रुन्छिन्’को शुभ साइत

0
2

झापा ।

सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘आमा आज पनि रुन्छिन्’को शुभ साइत भएको छ ।

संसारभरका सम्पूर्ण आमाहरूमा समर्पित गरिएको उक्त चलचित्र निर्माताद्वय गीर्वाण विजय खड्का र सेवन्तक खड्काले ए.आर. प्रोडक्सनको ब्यानरमा निर्माण गर्न लागेको हो ।

अशु अशेष गिरीको कथा तथा निर्देशनमा तयार हुने उक्त चलचित्रको गीत तथा पटकथा गणेश सुवेदीको रहेको छ भने सङ्गीत सचिन गिरीले दिएका छन् ।

छायाङ्कनमा निरज कँडेल, नृत्य निर्देशनमा गोविन्द प्रभात, शृङ्गारमा सन्तु तामाङ, केश विन्यासमा सञ्जु ढकाल, निर्माण नियन्त्रकमा डिकबहादुर बुढाथोकी र तुलसी चौलागाँई, प्रमुख सहायक निर्देशकमा रामशरण कोइराला तथा सहायक निर्देशकमा रोहिणी अग्रवाल, राजकुमार कार्की, निश्चल तामाङ रहेका छन् ।

चलचित्रमा मुख्य कलाकारहरूमा सरोज खनाल, गौरी मल्ल, रवीन्द्र झा, मुस्कान पौडेल, आशा भूषाल, आराध्यालक्ष्मी खड्गी, विशेष भूमिकामा सुदर्शन बुढाथोकी, दीपा पौडेल तथा अतिथि कलाकारमा देशभक्त खनाल रहेका छन् ।

त्यस्तै नयाँ अनुहारहरूमा सुदिप शाह ठकुरी र रिट्रोनाको अभिनय रहने छ भने बाल कलाकारहरूमा आर्यन पौडेल, सामीप्यजंग बुढाथोकी, ग्लोरिया शाह रहेका छन् । मोरङ, झापा र इलाम मा छायांकन रहने चलचित्रमा झापाली कलाकार समेत रहने निर्माण नियन्त्रक तुलसी चम्लागाँईले जानकारी गराए ।

चलचित्रका पटकथा लेखन तथा गीतकार गणेश सुवेदीले आमाको त्याग र तपस्यालाई बुझ्न नसकेका सन्तानहरूको कथावस्तुमा बन्न लागेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here