वित्तीय पहुँच विस्तार र वित्तीय साक्षरताका लागि विश्वव्यापीरूपमा एकसाथ एक साता मनाइने ग्लोबल मनी वीक १७ मार्चबाट शुरु भएको छ । यो विश्व वित्तीय सप्ताह क्षेत्र भ्रमण, गोष्ठी, तालिम, अन्तरक्रिया, प्रवचन, कार्यपत्र प्रस्तुति, अन्तरवार्ता लगायतका विविध गतिविधि तथा कार्यक्रम गरी मनाइँदैछ ।
ग्लोबल मनी वीक के हो ?
जिएमडब्लू युवाहरूलाई सानै उमेरदेखि नै आर्थिक रूपमा सचेत बनाउने विशेष महत्त्व बोकेकोे विश्वव्यापी जनचेतना अभिवृद्धि अभियान हो । उनीहरूले क्रमशः सही वित्तीय निर्णयहरू गर्न र अन्ततः वित्तीय कल्याण र वित्तीय लचिलोपन प्राप्त गर्न आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरू प्राप्त गरिरहेका छन् । जुन वार्षिक विश्वव्यापी रूपमा एकसाथ एक साता मनाइने गरिन्छ । यो आर्थिक सहयोग र विकास सङ्गठन र अन्तर्राष्ट्रिय वित्तीय शिक्षा नेटवर्क Organization of Economic Cooperation and Development and International Network on Financial Education (OECD/INFE)द्वारा आयोजित गरिन्छ । जीएमडब्लूको पहिलो संस्करण २०१२ मा भएको थियो, र त्यसबेलादेखि यो अभियान विश्वव्यापीरूपमा एक सय ७० भन्दा बढी देश र अर्थतन्त्रहरूमा पुगेको अनुमान छ ।
सानै उमेरदेखि नै बालबालिका र युवाहरूलाई पैसाको मामिलामा सिकाउनु किन महत्त्वपूर्ण छ ?
बालबालिका र युवाहरूले आफ्नो जीवनभर व्यक्तिगत वित्त व्यवस्थापन गर्न जान्न र आफ्नो भविष्यका लागि राम्रो वित्तीय निर्णयहरू गर्न सक्षम हुनको लागि सानै उमेरदेखि नै सही वित्तीय बानी, ज्ञान, मनोवृत्ति र व्यवहारहरू विकास गर्नु महत्त्वपूर्ण छ । ओइसीडीको वित्तीय साक्षरता सम्बन्धी सिफारिसले सरकारहरू र अन्य सरोकारवालाहरूलाई सिक्नेहरूको उमेरको लागि उपयुक्त विषयहरू र च्यानलहरू मार्फत सम्भव भएसम्मको प्रारम्भिक उमेरदेखि वित्तीय साक्षरता विकास गर्न प्रोत्साहन गर्दछ । विद्यार्थीहरुले वित्तीय साक्षरता सम्बन्धी ज्ञान राख्न आवश्यक छ, जसबाट विद्यार्थी जीवनमा नै वित्तीय साक्षरता अभिवृद्धि भई पछिको अवस्था अझ सुधार हुन सक्दछ ।
जीएमडब्लूको लक्ष्य के हो ?
जीएमडब्लूले युवाहरूको वित्तीय साक्षरता सुधार गर्ने उद्देश्यले गरिएका प्रयासहरूलाई बढावा दिन्छ । जीएमडब्लूको अन्तिम लक्ष्य भनेको सबै बालबालिका र युवाहरूले उच्च गुणस्तरीय वित्तीय शिक्षामा पहुँच पाउन उनीहरूले पैसाको मामिलामा सिक्न सकून् र उनीहरूको भविष्यको वित्तीय लचिलोपन र वित्तीय कल्याण सुधार गर्न सक्ने स्मार्ट वित्तीय निर्णयहरू लिन सकून् भन्ने सुनिश्चित गर्नु हो ।
जीएमडब्लू–२०२५ को विषयवस्तु के छ त ?
जीएमडब्लू–२०२५ को थिम अर्थात् विषयवस्तु भविष्यका लागि पैसा व्यवस्थापन निम्ति केही गर्नुअघि सोच्नुहोस्’Think before you follow, wise money tomorrow’ रहेको छ । यो नाराले भोलिको लागि बुद्धिमानी ढङ्गले पैसा व्यवस्थापन गर्न अभिप्रेरित गर्दछ । डिजिटलवित्तमा भएका विकासहरू र उपभोक्ताहरूले अनलाइन वित्तीय सेवाहरूसँग अन्तरक्रिया गर्ने तरिकामा फिनफ्लुएन्सरको उदयदेखि कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोगसम्म, सबैलाई, विशेषगरी युवाहरूलाई, भरपर्दाे जानकारी र सल्लाह पहिचान गर्न कसरी गाह्रो बनाउन सक्छ भन्ने कुरामा केन्द्रित छ । यस बाहेक, भावनाहरू र व्यवहारगत पूर्वाग्रहहरू जस्तैः झुण्ड मानसिकता, कमजोर वित्तीय निर्णयहरूमा पु¥याउन सक्छ, विशेषगरी साथीहरूको दबाब वा सामाजिक सञ्जालको प्रभावमा ।
यस सन्दर्भमा, युवाहरूले सही पैसा व्यवस्थापन गर्ने सीपहरू विकास गर्नु, भावनात्मक उत्तेजनाहरु पहिचान गर्नु र सूचना स्रोतहरू प्रति आलोचनात्मक दृष्टिकोण विकास गर्नु महत्त्वपूर्ण छ । वित्तीय साक्षरतालाई सुदृढ पार्नाले युवाहरूलाई वित्तीय बजारहरूलाई राम्रोसँग मार्गदर्शन गर्न, प्रलोभनको प्रतिरोध गर्न र पक्षपाती सल्लाह पहिचान गर्न मद्दत गर्न सक्छ, जसले अन्ततः स्मार्ट वित्तीय निर्णयहरूमा पु¥याउँछ ।
युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रूपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्ने र आर्थिक समृद्धिमा सघाउ पु¥याउने उद्देश्यले ‘ग्लोबल मनि विक’ सप्ताह केन्द्रित रहँदै आएको छ । युवामा वित्तीय शिक्षाको प्रवद्र्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रबद्र्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
को–को सहभागी हुन सक्छन् ?
सार्वजनिक संस्थाहरू (अर्थ र शिक्षा मन्त्रालयहरू, केन्द्रीय बैंकहरू, वित्तीय नियामक प्राधिकरणहरू आदि), वित्तीय संस्थाहरू र अन्य सम्बन्धित संस्थाहरू सहित सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालाहरू जीएमडब्लूमा सामेल हुन सक्छन् ।
अन्त्यमा,
ग्लोबल मनी वीक (जीएमडब्लू)ले युवाहरूको वित्तीय साक्षरता सुधार गर्ने उद्देश्यले गरिएका प्रयासहरूलाई बढावा दिन्छ । अभियानको अन्तिम लक्ष्य भनेको सबै बालबालिका र युवाहरूले उच्च गुणस्तरीय वित्तीय शिक्षामा पहुँच पाऊन उनीहरूले पैसाको मामिलामा सिक्न सकून् र उनीहरूको भविष्यको वित्तीय लचिलोपन र वित्तीय कल्याण सुधार गर्न सक्ने स्मार्ट वित्तीय निर्णयहरू लिन सकून् भन्ने सुनिश्चित गर्नु हो । युवा विद्यार्थी माझ वित्तीय जागरण र वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल मनी विकको अभियान महत्त्वपूर्ण अवसर रहेको छ ।
बैंकिङ, पुँजी बजार, बीमा जस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आपूmले सिकेका ज्ञान÷सीपलाई आफ्ना समाज र परिवारमा समेत प्रवाह गर्न यो अभियानले सहयोग पु¥याउँछ । कमजोर बचत संस्कृति भएको हाम्रो मुलुकका लागि ग्लोबल मनी विकको सान्दर्भिकता र औचित्य धेरै ठूलो छ । ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।
२०१२ मा शुरु भएको १२ संस्करणहरू मार्फत, यो अभियान विश्वव्यापी रूपमा एक सय ७६ देशहरूमा छ करोडभन्दा बढी बालबालिका र युवाहरूमा पुग्ने अपेक्षा राखिएको छ । यो वर्ष मार्च १७–२३/२०२५ विश्वव्यापी रूपमा एकसाथ मनाइँदैछ । नेपालको सन्दर्भमा विगत वर्षहरूमा नेपाल राष्ट्र बैंकले आन्तरिक परिपत्रनै जारी गरेर इजाजत दिइएका बैक तथा वित्तीय संस्था लगायत गैर बैंक वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्थाहरू, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेशनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष आदि निकाय तथा संस्थाहरूले समेत कार्यक्रम आयोजना गरी मनाएको पाइन्छ ।
सो सप्ताह मनाउने क्रममा नेपालका स्कूल तथा क्याम्पसमा अध्ययनरत् युवा विद्यार्थीलाई समेटी वित्तीय चेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने, वित्तीय चेतना अभिवृद्धि सम्बन्धी रचनात्मक क्रियाकलाप आयोजना गर्ने, वित्तीय चेतनामूलक प्रतिस्पर्धा तथा वित्तीय चेतनामूलक ¥याली आयोजना गर्ने, सञ्चारमाध्यमबाट वित्तीय चेतनामूलक सामग्री एवम् अन्तरवार्ता प्रशारण तथा प्रकाशन गर्ने, युवा विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाको अवलोकन गर्ने प्रबन्ध मिलाउने, वित्तीय सेवा प्रदायक संस्थाका सामाजिक सञ्जालमा समेत वित्तीय चेतनामूलक सामग्री प्रसारण गर्ने, बैंक, वित्तीय तथा गैर बैंक वित्तीय संस्थाले युवाकेन्द्रित वित्तीय चेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने जस्ता कार्य सम्पन्न हुँदै आएको छ ।
यस वर्ष पनि सबै सङ्घ–संस्थाहरु Global Money Week-2025 नेपाल राष्ट्रबैंकको समन्वयमा हर्षोल्लासपूर्वक देशभर मनाउने तयारीमा जुटिरहेका छन् । अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
(लेखक एक्सल डेभलपमन्ट बैंकका कर्जा विभाग प्रमुख हुन् ।)