स्वस्तिकाको ३९ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न

0
12

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८स्थित स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयको ३९औं वार्षिकोत्सव एवम् अभिभावक दिवस–२०८१ सोमबार विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।

विद्यालय प्राङ्गणमा विद्यालयकी संस्थापक एवम् प्रधानाध्यापक इश्वरा श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक हेमन्तराज घिमिरेले विद्यालयको वार्षिक गतिविधि बारे जानकारी गराएको कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, कविता, फेसन शो, ¥याम्प वाक, उसु, तङ इल मोदो, तेक्वान्दो आदि प्रस्तुत गरेका थिए ।

विद्यार्थी प्रतिष्ठा रिजालले स्वागत गरेको कार्यक्रममा अग्रज पत्रकार दिपीन राई, विद्यार्थीहरु इभान विष्ट, आयान शंकर, संस्कृति श्रेष्ठ, रिसीका पौडेललगायतले मन्तव्य राखेका थिए ।

विद्यालय संयोजक चन्द्रप्रसाद सुवेदीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन विद्यार्थीहरु करुणा न्यौपाने, युनिका राई, रुपेश राम, सालमली दियालीलगायतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here