झापा, नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियू निर्वाचनमा क्याम्पस इकाई समितिको सिफारिस र निर्णय अनुसार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई बिजयी गराउन नेपाली कांग्रेस झापाले आह्वान गरेको छ ।
स्ववियू निर्वाचनका लागि सहजीकरण संयोजन समितिका संयोजक पार्टी उपसभापति केशवराज पाण्डेले झापाका सबै क्याम्पसहरुमा इकाई समितिको सिफारिस अनुसार नै उम्मेदवारी दर्ता भएकोम दमक बहुमुखी क्याम्पसमा केही समस्या देखिएकोले क्याम्पस इकाई समितिले सिफारिस गरेका नेबिसंघका आधिकारिक उम्मेदवारलाई बिजयी गराउने कार्यमा सकृयता पूर्वक खट्न नेबि संघ र पार्टीका सबै तहलाई अपिल गरेका हुन् ।
नेपाली कांग्रेस झापाको स्ववियू निर्वाचन भोलि हुँदैछ । जसका लागि नेविसंघको क्याम्पस इकाईले गरेको निर्णय नै आधिकारिक हुने स्पष्ट पारिएको हो ।
नेपाली कांग्रेस झापाले जिल्लामा रहेका क्याम्पसहरुको स्ववियू निर्वाचन समन्वय एवं सहजिकरण गर्न जिल्ला स्तरिया समन्वय समिति गठन गरेको थियो । गत फागुन १६ गते पार्टिका महामन्त्री विश्वप्रकाश शर्मा, कोशी प्रदेश सभापति उद्धव थापा, जिल्ला सभापति देउकुमार थेवे, पार्टिका जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ नगर सभापतिको संयुक्त वैठकले स्ववियू निर्वाचनका लागि सवै क्याम्पसहरुमा समन्वय एवं सहजीकरण गर्न समिति गठन गरेको थियो ।
समन्वय एवं सहजीकरण गर्न समितिदले सम्बन्धित क्याम्पसको नेविसंघ ईकाई समितिसंगको समन्वयमा उम्मेद्वार तय गर्ने निर्णय उक्त वैठकले गरेको थियो । सोही निर्णय वमोजिम झापाका अधिकांश क्याम्पसहरुमा स्ववियू निर्वाचका लागि उम्मेद्वारी दर्ता गरिसकिएको छ । दमक बहुमुखी क्याम्पसमा भने केही समस्या देखिए पनि नविसंघ क्याम्पस इकाइ समितिको सिफारिसमा उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारलाई जिताउन संयोजक पाण्डेले सवै बिद्यार्थि एवं पार्टी पंक्तिमा अनुरोध गरेका हुन् ।