विराटनगर।

झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका २५ बर्षीय संजोग राई, २५ बर्षीय रुपेश दर्जी र ३७ बर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र बा. ४० प ३९९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ बाट इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण व्यूरो विराटनगरले इनरुवा-२ का सैफ अली सिदिकीलाई २० ग्राम ब्राउन सुगर सहित र कोशी गाउँपालिका-१ बाट बराहक्षेत्र नगरपालिका-६ का हरी बहादुर श्रेष्ठलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी मोरङको विराटनगर-१६ बाट इलाका प्रहरी कार्यालय रानी, रानी (सिमा) र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले सुन्दरहरैचा-५ का समिर चौधरीलाई २१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी भागलपुर उदयपुरले बेलका-१ बाट स १० प ७८०१ नम्बरको मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका-७ का आर्जु राई र मोटरसाईकल पछाडी सवार श्याम कुमार कार्कीलाई १५५ मिलिग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































