संस्कार इङ्लिस बोर्डिङ स्कुलप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्यो

0
20

झापा,   शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को झिलझिले बजारस्थित संस्कार इङ्लिस बोर्डिङ स्कुल पछिल्लो समय अभिभावक र विद्यार्थीको रोजाइमा पर्न थालेको छ।

सरकारले तोकेको भर्ना समयसीमा अगावै विद्यालयमा विद्यार्थी र अभिभावकको चाप बढ्नु स्वयंमा यसको बढ्दो विश्वास र लोकप्रियताको प्रमाण बनेको हो। स्थानीय अभिभावकका अनुसार विद्यालयको व्यवस्थापनमा आएको परिवर्तनसँगै शैक्षिक वातावरणमा उल्लेखनीय सुधार भएको छ। विशेषगरी, सरस्वती क्याम्पस काठमाडौँका प्राध्यापक विजय खरेलले एकल स्वामित्व लिएपछि विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन र व्यवस्थापनमा नयाँ ऊर्जा थपिएको देखिन्छ। सरकारी सेवाबाट राजीनामा दिएर पूर्ण रूपमा विद्यालय विकासमा समर्पित भएका खरेलको नेतृत्वले अभिभावकमा थप आशा जगाएको छ।

विद्यालयका प्रिन्सिपल विजयकुमार खरेलका अनुसार, संस्कार इङ्लिस बोर्डिङ स्कुलमा बालबालिकाको समग्र विकासलाई केन्द्रमा राखेर शिक्षण प्रणाली सञ्चालन गरिएको छ। कक्षा नर्सरीदेखि ३ सम्म पूर्ण रूपमा मन्टेश्वरी विधिमा आधारित शिक्षण पद्धति लागू गरिएको छ, जसले बालबालिकाको रुचि, सिर्जनात्मकता र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यहाँ बालबालिकालाई पाठ्यपुस्तकमा सीमित नराखी खेल, सिर्जना र व्यवहारिक अभ्यासमार्फत सिकाइ गरिने विद्यालयले जनाएको छ। विद्यालयको अर्को महत्वपूर्ण पक्ष भनेको यसको भौतिक पूर्वाधार र सुविधा हो।

आफ्नै फराकिलो खेलमैदानसहित फुटबल, भलिबल, बास्केटबल जस्ता खेलकुद गतिविधिका लागि पर्याप्त व्यवस्था गरिएको छ। यसले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। डिजिटल युगलाई ध्यानमा राख्दै विद्यालयले ‘एक विद्यार्थी, एक कम्प्युटर’ अवधारणालाई अघि सारेको छ। नयाँ शैक्षिक सत्र सुरु हुनासाथ ३० वटा कम्प्युटर सहितको आधुनिक कम्प्युटर ल्याब सञ्चालनमा आइसकेको छ। साथै, विज्ञान प्रयोगशाला, स्मार्ट इन्टरएक्टिभ प्यानल बोर्ड, प्रत्येक कक्षामा स्मार्ट टिभी जस्ता प्रविधिमैत्री उपकरणहरूको व्यवस्था गरिएको छ, जसले शिक्षणलाई अझ प्रभावकारी र आकर्षक बनाएको अभिभावकको ठम्याई छ। विद्यालयले कक्षा ४ देखि १० सम्म पूर्ण रूपमा अङ्ग्रेजी माध्यममा अध्यापन गराउने नीति लिएको छ।

यससँगै यस वर्षदेखि व्यावहारिक तथा नैतिक शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरिएको छ। विगत तीन वर्षको एसइइ परीक्षाको उत्कृष्ट नतिजाले पनि अभिभावकको विश्वास बढाउन ठूलो भूमिका खेलेको प्रिन्सिपल खरेलले बताए। यसैबीच, वैशाख महिनाभरि भर्ना हुने विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ।

यस अन्तर्गत नगद छुटसँगै आवश्यक स्टेशनरी सामग्री पनि उपलब्ध गराइनेछ, जसले अभिभावकलाई आर्थिक रूपमा केही राहत प्रदान गर्नेछ। शिक्षक व्यवस्थापनमा पनि विद्यालयले विशेष ध्यान दिएको छ। विज्ञान विषयका लागि कालीप्रसाद रिजाल र ग्रेसी काफ्ले नियुक्त भएका छन्। अनुभवी शिक्षक रिजाल पूर्व प्रधानाध्यापक हुनुका साथै विज्ञान र गणित विषयका दक्ष प्रशिक्षकका रूपमा चिनिन्छन्।

त्यस्तै, काफ्लेले उत्कृष्ट शैक्षिक उपलब्धिसहित अनुभव पनि सँगालेकी छन्। अङ्ग्रेजी र सामाजिक विषयमा प्रिन्सिपल खरेल स्वयं सक्रिय छन् भने लेखा विषयका लागि सुदिप कटवाल नियुक्त भएका छन्। अन्य शिक्षकहरू पनि तालिमप्राप्त र अनुभवी रहेको विद्यालयले जनाएको छ। विद्यालयले पूर्वाधारतर्फ पनि उल्लेखनीय सुधार गरेको छ। भूकम्प प्रतिरोधात्मक संरचना, सभा हल, पार्किङ क्षेत्र, अभिभावकका लागि सुविधाजनक प्रतीक्षालय जस्ता सेवा थपिएका छन्। साथै, गर्मी मौसमलाई मध्यनजर गर्दै प्रत्येक कक्षामा एसी जडान गर्ने योजना अघि बढाइएको छ। यी सबै पक्षहरूले संस्कार इङ्लिस बोर्डिङ स्कुललाई एक शिक्षण संस्था मात्र नभई विद्यार्थीको समग्र विकास गर्ने केन्द्रका रूपमा स्थापित गर्दै लगेको छ।

गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि, दक्ष शिक्षक र सुरक्षित वातावरणको संयोजनले विद्यालयप्रति अभिभावकको आकर्षण दिनप्रतिदिन बढ्दो छ। बालबालिकाको उज्ज्वल भविष्यका लागि उपयुक्त विद्यालयको खोजीमा हुनुहुन्छ भने, संस्कार इङ्लिस बोर्डिङ स्कुल एउटा विश्वासिलो विकल्प बनेको प्रिन्सिपल खरेलले दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here