राजतन्त्र फर्किने सम्भावना छैन तर, यथास्थितीमा मुलुक चल्दैन – महासचिव विप्लव

0
10

झापा ।

यथास्थितीमा मुलुक चल्न नसक्ने नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका छन् ।

देशमा २०४७ सालतिर फर्किने र अझ अग्रगमनको बाटोमा जानुपर्छ भन्नेहरूको द्वन्द्व चर्किरहेका बेला अब मुलुक पछि फर्किन नसक्ने स्पष्ट पारेका छन् ।

झापाको बिर्तामोडमा मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै महासचिव विप्लवले देशको निकास भनेकै सामाजवादी गणतन्त्र भएको उल्लेख गरे । जनता राजतन्त्र तर्फ र्फिकन नचाहे पनि अहिलेको व्यवस्थामा सन्तुष्ट समेत नरहेकाले नेपाल सुहाउदो समाजवाद निर्माणका लागि सबै दलहरु तयार हुनुपर्ने धारणा ब्यक्त गरे ।

उनले धेरै मान्छे राजतन्त्रको वकालत गरेर हिँडिरहेका छन् र अग्रगमन चाहनेहरूबीच द्वन्द्व चर्किँदै गयो भने दुर्घटनाको सम्भावना बढ्दै गएको बताए । राजतन्त्र पक्षधरहरूलाई अहिले विदेशी शक्तिहरू उचालेको उनको दाबी गरेका महासचिव विप्लवले अबको विकल्प नेकपाले मात्रै दिन सक्ने जिकिर गरे ।

देशको भू–राजनीतिक परिस्थितिका कारण विदेशीहरूले यही बेला खेल्न मौका पाएको भन्दै विदेशीले चाहँदैमा नेपालबाट गणतन्त्र को अन्त्य र राजतन्त्रको उदय नहुने ठोकुवा गरे । २०७२ सालमा जारी भएको संविधानले जनताको आवश्यकता तथा चाहनालाई पूरा गर्न नसकेकाले अहिलेको परिस्थिति आएको उनको भनाइ छ। ‘यो संविधान अपूर्ण रहेको उनको भनाई छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था भयो भने अहिलेको भन्दा उन्नत व्यवस्था हुने भन्दै महासचिव विप्लवले कम्तीमा सरकारले निश्चित समयसम्म काम गर्न पाउने उल्लेख गरे । गणतान्त्रिक समाजवादमा नपुगुन्जेल नेपालमा समृद्धिको परिकल्पना गर्न नसकिने उनको भनाइ छ।

नेपालमा वैदेशिक सहायताका नाममा गरिने हस्तक्षेप स्वीकार्य नरहेको भन्दै एमसीसी बन्दकोमा अमेरिकालाई धन्यवाद दिए । उनले बीआरआई विरुद्ध गरिबीनिकारण र विकाससंग जोडिएकाले आफुहरुले समर्थन गरेको उल्लेख गर्दै सर्वभौम तथा सैन्य हस्तक्षेप हुने कुनै पनि सहयोगको आफुहरुले विरोध गर्ने बताए ।

झापासहित देशभरमा सिमा क्षेत्रको अतिक्रमणको कडा विरोध गनेृ जनाएका महासचिव विल्पवले झापा इञ्चार्ज सुमन सीले दिएको महेशपुरको बाटोसहित सुस्ता र दोधराचाँदीको माटो मिसाएर पार्टी कार्यकालयमा विरुवा रोप्दै देशको स्वाधिनता र राष्ट्रिय अखण्डताका विषयमा डटेर लड्ने उल्लेख गरे ।

झापा राजनीतिक दृष्टिकोणले धेरै महत्व राख्ने जिल्ला भएकाले आफ्नो झापा बसाईँका क्रममा सवै क्षेत्रका नागरिकसँग साक्षात्कार गर्दै मुलुकको निकाशका लागि नेकपाले आगामी बाटो तय गर्ने उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here